back
NMB ad

चिकित्सक नहुँदा स्थानीयवासी मर्कामा

Kumari bank ad

जाजरकोट । बारेकोट गाउँपालिका लिम्सामा स्वास्थ्यचौकी दरबन्दीअनुसार चिकित्सक नहुँदा यहाँका स्थानीयवासी मर्कामा परेका छन् । स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक नारायण जोशीको सरुवा भइसकेको र अर्का चिकित्सक सन्दीपकिरण प्रधान तालीमका लागि जिल्ला बाहिर भएका कारण यहाँका स्थानीयवासीले स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।

करिब एक महिनादेखि बारेकोट गाउँपालिका स्थानीयवासी उपचारका लागि लिम्सा आए पनि चिकित्सक नहुँदा पीडाबोध हुँदै फर्कने गरेको स्थानीयवासी सञ्चारकर्मी कालीप्रसाद थापाले जानकारी दिए ।

स्वास्थ्य चौकीमा औषधि पर्याप्त मात्रामा भए पनि चिकित्सक नहुँदा समस्या भएको स्वास्थ्य चौकीले जानकारी दिने गरेको छ । एक्सरेदेखि ल्यावसम्मका सेवा प्रवाह गर्ने भनिएको यो स्वास्थ्य चौकीमा स्थानीयवासीले समयमा उपचारपाउन सकेका छैनन् ।

चिकित्सक नहुँदा यस क्षेत्रमा शव परीक्षणका कामसमेत अवरुद्ध हुँदै आएको छ । जाजरकोट सदरमुकामबाट बारेकोट गाउँपालिकाको लिम्सामा पुग्न दुई दिन लाग्ने गर्दछ ।

साविकका चार गाविसको लागि एउटा मात्र सुविधासम्पन्न भनिएको स्वास्थ्य चौकीमा यस्तो समस्य आउँदा स्थानीयवासी आक्रोशित भएका छन् । टेलिफोन, विद्युत्, सडक र बैंकजस्ता सुविधा नहुँदा यस क्षेत्रका स्थानीय समस्यामा पर्दै आएका छन् ।

२०७४ फागुन २५ गते प्रकाशित

वि.सं.२०७४ फागुन २५ शुक्रवार १२:२४ मा प्रकाशित

You can share this post!

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...