back
NMB ad

कर छल्ने व्यापारी प्रहरी नियन्त्रणमा

Kumari bank ad

झापा । इलाका प्रहरी कार्यालय बुधबारेले रु ११ लाख मूल्य बराबरको कपडा नक्कली भ्याट बिल बनाइ इलामको पशुपतिनगरबाट झापा ल्याउँदै गरेको अवस्थामा ग १ ज ४९८२ नंको भाडाको पिकअप भ्यानलाई बिहीबार नियन्त्रणमा लिएको छ ।

झापाको शान्तिनगर–६ स्थित मेची राजमार्गमा चेकजाँच गर्दा भ्यानमा लोड गरिएका १३ पोका कपडाको नक्कली भ्याट बिल फेला परेको थियो । गाडी र सामान राजस्व अनुुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, अम्रिसोको कुचो लोड गरिएको ट्रकभित्र लुकाइछिपाई भारत लैजान लागेको अवस्थामा झापाको काँकडभिट्टामा ठूलो परिमाणमा जफत गरेको सुक्खा सुपारी प्रहरीले बिहीबार मेची भन्सार कार्यालयमा बुझाएको छ ।

मेचीनगर–३ स्थित चौधरी कुचो उद्योगबाट लोड गरिएको कुचो बोकेको पिवी १० सिजेड ९८०९ जी नंको भारतीय ट्रकबाट बुधबार साँझ ६० केजीका २७४ बोरा सुक्खा सुपारी इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जफत गरेको थियो ।

प्रहरीले कुचोसँगै सुपारी बोकेर भारत लैजान तयारी अवस्थामा रहेको सो ट्रकलाई मेची भन्सार कार्यालयको सुक्खा बन्दरगाह परिसरबाटै नियन्त्रणमा लिएको हो । कुचो बोकेका शङ्कास्पद अरु नौवटा ट्रकलाई बिहीबार चेकजाँच गरेको थियो ।

तेस्रो मुलुकबाट आयात गरिएको सुक्खा सुपारी भारत निर्यात गर्न प्रतिबन्धित छ । तर कारोबारीहरूले अवैधरुपमा विभिन्न माध्यमबाट लुकाइछिपाई सुपारी भारत लैजाने गरेका छन् ।

कुचोको ट्रकभित्र लुकाएर सुपारी निकासी गर्न लागेको फेला परेको यो पहिलो घटना हो ।

प्रहरीले बरामद सुपारीको तौल १६ हजार ४४० केजी रहेको जनाएको छ । प्रहरीले भारतीय ट्रक र त्यसका सहयोगी भारत समस्तीपुर घर बताउने २६ वर्षीय राम प्रवेशलाई नियन्त्रणमा लिएको छ । रासस

२१ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन २१ शुक्रवार १०:३४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...