back
NMB ad

कर्णाली प्रदेशबाटै समृद्धिको यात्रा सुरु गर्न छिट्टै उत्तरी नाका खोल्नुु पर्छ : प्रधानमन्त्री

Kumari bank ad

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको समग्र विकासका लागि यहाँको बस्ती आधुनिक ढंगले विस्तार गर्नु पर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीको सम्मानमा मध्यपश्चिम विश्व विद्यालयले आज आयोजना गरेको स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशको बिकट भूगोलका कारण अहिले कै अवस्थामा सबै जनतालाई विकासका पूर्वाधार पु¥याउन मुस्किल भएकोले आधुनिक ढंगले बस्ती विस्तार गर्नुपर्ने बताउनुभएको हो । “कर्णाली आर्थिक र मानव विकास सुचकांकका दृष्टिले पछाडि परेको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर सरकारले यस प्रदेशलाई कसरी अगाडि बढाउने भन्ने योजना बनाइरहेको छ ।”

कर्णाली प्रदेशको सिमाना दक्षिणी छिमेकीसंग नजोडिएकोले उत्तरी छिमेकसंग जोडिएका सबै नाका खोल्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “कर्णाली प्रदेश दक्षिणी मित्रराष्ट्रसंग जोडिएको छैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यस कारण उत्तरी छिमेकीसंगका नाका खोल्नुु पर्छ ।”

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशलाई बिषादीमुक्त प्रदेश बनाउन सकिने बताउनुभएको छ । अन्य प्रदेशमा यस्तो सम्भावना कम भए पनि कर्णाली प्रदेशमा यस्तो सम्भावना रहेको बताउनुभयो । “कर्णाली प्रदेशलाई बिषादीमुक्त बनाउने हाम्रो योजना छ” प्रधानमन्त्री ओलीले भन्नुभयो । कर्णालीलाई यातायात, सञ्चार, स्वास्थ्य, शिक्षा सबै प्रकारले देशको मुलधारमा जोडिने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशबाटै समृद्धिको यात्रा सुरु गरिने स्पष्ट पार्नुभएको छ । आफ्नो तीन दिने कर्णाली भ्रमणका क्रममा यहांको भूगोल, जनजीवन, सम्भावना, चुनौति आदि पक्षका बारेमा प्रत्यक्ष जानकारी लिन पाएको बताउनुभएको छ । “समृद्ध कर्णाली बनाउन जनप्रतिनिधीहरुले अगुवाइ गर्नुहोस” प्रधानमन्त्री ओलीले भन्नुभयो “यहाँको कृषि, जडिबुटी, पर्यटन, उर्जालाई प्रयोग गरेर समृद्धिको यात्रालाई अघि बढाउनु पर्दछ ।”

मध्यपश्चिम विश्व विद्यालयका कुलपति समेत रहनु भएका प्रधानमन्त्री ओलीले विश्वविद्यालयलाई पाठ्यक्रममा ७० प्रतिशत भन्दा बढी प्राविधिक जनशक्ति उत्पादन गरी समायोजन गर्न सुझाव दिनु भएको छ । कार्यक्रममा रक्षा मन्त्री इश्वर पोख्रेल, विश्व विद्यालका सहकुलपति एवं शिक्षा मन्त्री गीरीराजमणी पाखे्रल, पर्यटन मन्त्री रबिन्द्र अधिकारी लगायतको उपस्थिती थियो ।

२०७५ बैशाख २ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २ आइतवार १९:२० मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...