back
NMB ad

चाईनीज कम्पनीको लगानीमा याम्बालिङ् बिद्युत आयोजना निर्माण हुने

Kumari bank ad

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको याम्बालिङ् खोलामा ७.२७ मेघावाट विद्युत उत्पादनको लागि चाईनिज कम्पनी जोङदिङ ईन्टरनेश्नल ईन्जिनिरियङ लिमिटेडले लगानी गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।

रिपोर्टर्स क्लब नेपालमा याम्बालिङ् हाईड्रोपावर प्रा.लिले पत्रकार सम्मेलन गरेर उक्त आयोजनाको बारेमा जानकारी दिएको हो ।
याम्बालिङ् हाईड्रोपावर प्रा.लिका अध्यक्ष कमानसिंह लामाले आगामी दुई वर्षभित्र याम्बालिङ् बिद्युत आयोजना सम्पन्न हुने बताएका छन् ।  १ अर्ब २० करोडको लागतमा बन्ने उक्त आयोजनासँगै थप ४० मेघावाट विद्युत आयोजना सम्पन्न गर्नेगरि रकम समेत तोकिएको अध्यक्ष लामाले जानकारी दिएका छन् ।  उनले भने,‘याम्बालिङ् हाईड्रोपावर प्रा.ली.ले मुलुकको आर्थिक विकास र समृद्धिको अभियानलाई सफल पार्नको लागि साना–साना आयोजना निर्माण गरेरै भएपनि सरकारलाई साथ दिने लक्ष्य लिएको छ, यसै अनुरुप याम्बालिङ् खोलामा सदावहार बग्ने पानीलाई विद्युतमा परिणत गर्ने उद्देश्यका साथ हामी लागेका छौं ।’

उनले भने,‘यो सँगै थप ४० मेघावाटको निर्माणको लागि समेत समझदारीमा हस्ताक्षर भएको छ, कुललागत ८ अर्ब २० करोड लगानीसहित ९ अर्ब ४० करोड नेपाली रुपैयाँ पहिलो र दोस्रो योजनामा लगानी गर्ने सहमति भएको छ ।’अध्यक्ष लामाले अघि थपे,‘उक्त पावर हाउसबाट स्युचयाड हुँदैन ३३ के.भी. प्रसारण लाईनमार्फत ६ किमि टाढा रहेको नेपाल विद्युत प्राधिकरणको प्रास्तावित सव–स्टेशन लगेर जोडिने छ, ६ वर्षभित्र लगानी फिर्ता हुनेछ ।’ याम्बालिङ् हाईड्रोपावर निमार्णको लागि स्वदेशी लगानीतर्फ कुमारी बैंकको नेतृत्वमा आयोजना अघि बढाईने जानकारी गराईएको छ ।

२०७५ जेठ ९ गते प्रकाशित

वि.सं.२०७५ जेठ ९ बुधवार १४:४९ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...