back
NMB ad

१२ हजार पर्ने इन्डक्सन चुलो अब ३ हजार ५ सयमै

Kumari bank ad

काठमाण्डौं । नेपाल सरकारले १२ हजार मूल्य तोकेर बिक्रीको लागि खुल्ला गरेको इन्डक्सन चुलो नेशनल ट्रेडिङले ३ हजार ५ सय रुपैयाँमा बेच्ने तयारी गरेको छ । चीनले अनुदान दिएको चुलो नबिकेपछि नेशनल ट्रेडिङले आपूर्ति मन्त्रालयमा ३५ सय रुपैयाँमा चुलो बेच्न पाउँ भनी निवेदन पेश गरेको छ ।

भारतले नाकाबन्दी गरेपछि नेपाल सरकारले चीनसँग सहयोगमा चुलो मगाएको थियो। चीनले पहिलो लटमा १३ सय वटा चुलो केरुङ नाकासम्म ल्याइदिएको थियो। त्यसपछि नेपाल सरकारले केरुङ नाकाबाट सम्पूर्ण यातायात खर्च र भन्सार शुल्क तिरर नेपाल ल्याएको थियो।

सम्पूर्ण खर्च र लागत मूल्य घटाई नेशनल ट्रेडिङलाई बेचे वापत १० प्रतिशत सेवा शुल्क पाउने गरी प्रति इन्डक्सन चुलो १२ हजारमा उपभोक्तालाई बिक्री गर्न खुल्ला गरेको थियो जो हालसम्म एउटा पनि बिकेको छैन । त्यस्तै तीन महिना देखि १० हजार वटा इन्डक्सन चुलो २ करोड ५० लाख भन्सार शुल्क र्तिन नसक्दा विमानस्थलको भन्सार विभागमा नै अलपत्र परेको छ।

२६ फागुन २०७२, ३.००

वि.सं.२०७२ फागुन २६ बुधवार १६:३१ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...