back
NMB ad

संसदीय समितिमा ६० प्रतिशत नेतृत्व सुखदः उपसभामुख

Kumari bank ad

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाका समितिहरुमा ६० प्रतिशत महिलाहरुले नेतृत्व गर्ने अवसर पाउनु सुखद भएको प्रतिक्रिया दिनुभएको छ ।

काठमाडौंमा दुई दिनसम्म चलेको महिला कानुन व्यवसायीहरुको २७ औं सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उपसभामुख डा. तुम्बाहाङ्फेले राज्यका हरेक निकाय अब समावेशीकरण तर्फ उन्मुख भएको भन्दै खुसी व्यक्त गर्नुभयो । ‘लैंगिक प्रतिनधित्व समानताका आधारमा हुनुपर्छ भन्ने महिला आन्दोलनको उद्देश्य थियो,’ उहाँले भन्नुभयो, ‘विस्तारै व्यवहारमा लागू हुँदै जानु खुसीको कुरा हो ।’
प्रतिनिधिसभाका १० मध्ये ६ वटा समितिमा महिला सांसदहरुले नेतृत्व गर्नुभएको छ भने राष्ट्रिय सभाका ४ मध्ये दुई र २ संयुक्त समिति मध्ये एकमा महिला सांसदले नेतृत्व गर्नुभएको छ ।

उपसभामुख डा. तुम्बाहाङ्फेले संविधान कार्यान्वयनका लागि मौलिक हकसँग सम्बन्धित १६ वटा कानुन निर्माण भइसकेको स्मरण गराउँदै कानुन निर्माण प्रक्रियामा सहभागिता जनाउन कानुन व्यवसायी महिलाहरुलाई अपिल गर्नुभयो । उहाँले स्थानीय निकायको न्यायिक समितिको नेतृत्व उपमेयरले पाउनुलाई सुखद अवसर भन्दै त्यसको नेतृत्वमा कानुन व्यवसायी पृष्ठभूमिका महिलाहरुको प्रतिनिधित्व भएको खण्डमा अझै सहज हुने अपेक्षा राख्नुभयो ।

यसै बीच शनिबार नै काठमाडौंमा तेह्रथुम सरोकार समाजले आयोजना गरेको कार्यक्रममा उपसभामुख डा. तुम्बाहाङ्फेले संविधान कार्यान्वयनमा सहयोगी हुन आग्रह गर्नुभयो । ‘सामाजिक संघ संस्थाले संविधान कार्यान्वयनमा सहयोग गर्न सक्छन्,’ उहाँले विशेष आग्रह गर्नुभयो, ‘तपाईंहरुले पनि आफ्नो ठाउँबाट सहयोग गर्नुहोस् ।’

कार्यक्रममा उपसभामुख डा. तुम्बाहाङ्फे सहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल, प्रतिनिधिसभाका सांसद द्वय डा. विजय सुब्बा र भवानी खापुङ तथा प्रदेशसभा सांसद द्वय लक्ष्मण तिवारी र तेजमान कन्दङ्वालाई सम्मान गरिएको थियो ।

२०७५ असोज ६ गते प्रकाशित

वि.सं.२०७५ असोज ६ शनिवार २०:१६ मा प्रकाशित

You can share this post!

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...