back
NMB ad

झुक्यो विराट, पेट्रोलियम ९९ रुपैयाँमै पेट्रोल बिक्री गर्ने

Kumari bank ad

काठमाडौं । चौतर्फी दबाबपछि  विराट पेट्रोलियमले ९९ रुपैयाँ लिटरमा पेट्रोल बिक्री गर्ने भएको छ ।

३१ रुपैयाँ महँगोमा पेट्रोल बिक्रीको निर्णय विवादमा परेपछि विराटले निगमकै मूल्यमा बिक्री गर्न तयार भएको हो । शनिबार १ सय ३९ रुपैयाँमा किनेर प्रतिलिटर १३ रुपैयाँ ७ पैसा खाटा खाएर बिक्री गरेको दावी गर्ने विराट एकदिन पनि टिक्न सकेन् । उसले विभिन्न संचारमाध्ययममा घाटा खाएर बिक्री गर्न समेत नपाएको भन्दै निजी क्षेत्रलाई लगानीमा निरुत्साहित गरिएको दावी गरेको थियो । कम्पनीका संचालक अर्जुन क्षेत्रीले बिक्री गर्न बाँकी भएको पेट्रोल निगमकै मूल्यमा दिने निर्णय भएको बताए ।

आइतबार बिहान नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विराट पेट्रोलियम कम्पनीलाई बढी मूल्यमा पेट्रोलियम पदार्थ आयात गर्न दिएको अनुमति खारेजीको माग गर्दै आज नेपाल आयल निगमको कार्यालय घेराउ गरेको थियो ।

युनियनका विद्यार्थी बबरमहलस्थित कार्यालयअगाडि भेला भई पेट्रोलियम पदार्थ तथा ग्यासलगायत इन्धनको काठमाडौँ उपत्यकामा आपूर्ति सहज बनाउनसमेत माग गरे ।

३० फागुन २०७२

वि.सं.२०७२ फागुन ३० आइतवार १९:१५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...