back
NMB ad

स्पर्श लघुवित्तको आइपीओ बिक्री खुल्ला, कहिलेसम्म पाईन्छ भर्न ?

Kumari bank ad

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाले आज आइतबारदेखि २ लाख ५२ हजार कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको छ । कम्पनीले कुल २ लाख ६९ हजार ६३० कित्ता सेयरमध्ये ४ हजार १४८ कित्ता कर्मचारीलाई र १३ हजार ४८२ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुल्ला गरेको हो ।

आईपिओमा न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँदेखि अधिकतम एक हजार ३४० कित्ता अर्थात एक लाख ३४ हजार रुपैयाँसम्म आवेदन गर्ने सकिने व्यवस्था रहेको छ । तर १० कित्ता शेयर नै गोलाप्रथाबाट बाँडफाँड हुने भएकाले लघुवित्तको आइपिओमा एक हजारको आवेदन नै प्रयाप्त हुने देखिन्छ ।

यस आइपीओमा फागुन २९ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै सेयर बिक्री नभएमा भने चैत २५ गतेसम्म भर्न सकिनेछ । सी–आस्वाबाट आवेदन दिनुपर्नेछ । बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १३ सय ४० कित्तासम्म यो आइपीओ भर्न सक्नेछन् ।

आईपिओ जारी गरेपछि लघुवित्तको चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्नेछ। शेयर निष्काशन पश्चात लघुवित्तको शेयर स्वामित्व अनुपात साधारण शेयरको ३२.५० प्रतिशत र संस्थापक शेयरको ६७.५० प्रतिशत कायम हुनेछ ।

२०७५ फागुन २६ गते प्रकाशित

वि.सं.२०७५ फागुन २६ आइतवार १०:४६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...