back
NMB ad

२०५८ सालपछि परीक्षा छुटेका स्नातकोत्तर, स्नातक र प्रवीणता प्रमाणपत्र तहका विद्यार्थीका लागि मौका परीक्षा

Kumari bank ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ सालपछि विशेष कारणले परीक्षा छुटेका विद्यार्थीका लागि मौका परीक्षा खुलाएको छ । स्नातकोत्तर, स्नातक र प्रवीणता प्रमाणपत्र तहमा व्यावहारिक र थेसिस छुटेका विद्यार्थीका लागि परीक्षा दिन पाउने मौका परीक्षाको सूचना त्रिविले निकालेको हो । 

यो सबै संकायका विद्यार्थीका लागि मौका भएको त्रिविले जनाएको छ । थेसिस पेपर, व्यावहारिक परीक्षा र शिक्षण अभ्यास दिन बाँकी रहेका सबैलाई यो मौका दिइनेछ । थप जानकारीका लागि सूचना तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला । 

यता नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी जानकारी गराउने उद्देश्यले ‘१३ औँ शैक्षिक मेला’ आयोजना गर्ने भएको छ । सङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष विष्णुहरि पाण्डेले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई त्यहाँको शिक्षाबारे जानकारी गराउन मेला आयोजना गरिएको बताउनुभयो । “यहाँबाट विदेशमा पढ्न जाँदा धेरै विद्यार्थी कुन विषय कहाँ पढ्ने भनेर अलमलमा पर्ने गर्दछन्”, उहाँले भन्नुभयो, “त्यसैले विदेशको शिक्षाबारे यहीँ जानकारी गराउन मेला आयोजना गरिएको हो ।”

मेलामा स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालय र त्यहाँबाट प्राप्त हुने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षाका बारेमा समेत जानकारी गराइनेछ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा यही असार २६ देखि २९ गतेसम्म सञ्चालन हुने मेलामा करीब चार सय शैक्षिक संस्थाका स्टल राखिनेछ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा उपत्यकाबाट आउने विद्यार्थीलाई लक्षित गरी निश्चित रुटमा निःशुल्क यातायातको व्यवस्थासमेत गरिएको सङ्घका अध्यक्ष पाण्डेले बताउनुभयो ।

मेलामा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मनलगायत देशका विश्वविद्यालय तथा कलेजको समेत सहभागित हुनेछ ।

यसैगरी पूर्वप्राथमिक विद्यालय तहमा काम गर्ने शिक्षकले प्राथमिक तहका शिक्षकसरहको तलब सुविधाको माग गर्दै आज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई ज्ञापनपत्र बुझाएका छन् ।नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष लक्ष्मीनारायण दुवाल, नेक्राशिसङ्घ भक्तपुर जिल्ला समितिका सचिव गणेशराम थुसा र राहत शिक्षक एकाइका संयोजक सीतालक्ष्मी छुस्याकीको नेतृत्वमा आएको टोलीले सो ज्ञापनपत्र बुझाएको हो ।

प्रावि तहमा काम गर्ने शिक्षकको शैक्षिक योग्यता एसइइ पूरा भएको हुनुपर्ने, राहत शिक्षकलाई प्रत्येक वर्ष पुनःताजगी तालीम दिलाइनुपर्ने, विद्यार्थी सङ्ख्याअनुसार प्रत्येक १५ विद्यार्थी बराबर एक शिक्षकको व्यवस्था हुनुपर्ने माग ज्ञापनपत्रमा छ । तलब भत्ता, पोशाक भत्ता तथा महङ्गी भत्ताका साथै पेशागत सुनिश्चितताको व्यवस्था गरिनुपर्र्ने र स्थानीय सरकार तथा प्रदेश सरकार समेतले शिक्षामा बजेट व्यवस्था गर्नुुपर्नेलगायत १२ बुँदे माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख सुनिल प्रजापतिले राहत शिक्षकको समस्या सम्बोधन गर्न नगरपालिका सकारात्मक रहेको र नगरभित्रका सामुदायिक तथा आधारभूत विद्यालयका शैक्षिकस्तर उठाउन शिक्षक–शिक्षिकालाई नयाँ सिकाइ प्रविधिको तालीम सञ्चालन गरी विद्यालयको नियमित अनुगमन गरिने बताउनुभयो । (साभारः जनबोली)

२०७६ साउन २० गते प्रकाशित

वि.सं.२०७६ साउन २० सोमवार १२:५८ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...