back
NMB ad

म मनमनै भन्थें भगवान तिमी कति पापी !

Kumari bank ad

आभूषण !! छोरा तिमिलार्इ तिम्रो जन्म दिनको शुभकामना !

जब जब चैत महिना नजिकिन्छ, अनि मेरो चक्नाचुर भएको सपना, हराएको मिठो कल्पना अनि सधैं झझल्को आइरहने मेरा पोखिएका खुशीहरु, अस्ताएका मेरा आस्थाका किरणहरुले सधैं मेरा मनहरुलार्इ अनायास दुःख दिने गर्दछ । चैत १२ गते म जिन्दगीमा प्रहिलो पटक आमा भएको दिन २०६२ चैत १२ गते दिउँसो २:४० मा तिम्रो जन्म काठमाण्डौको थापथलीमा भएको थियो ।

तिमी जन्मदा तिम्रो माइजु अनि तिम्रो बाबा, तिमी र मसँग हुनुहुन्थ्यो । तिमी जन्मदा भन्दा पहिला मलाई जति दुखे पनि तिमी जन्मिसके पछाडि त्यो दुखाइ त्यो पिडा मैले भुलिसकेको थिएँ । म मनमनै खुशीले गद्गद् थिएँ । भोलिपल्ट तिम्रो अवस्था राम्रो भएकोले तिमीलाई अस्पतालबाट डिस्चार्ज गरियो । अनि तिमी म तिम्रो बाबा र तिम्रो माइजुले तिमीलाई घर लग्यौं । घरमा उमंग, धपक्क जतातता बत्ती अनि फोन् लगातार आइरहे ।

कहिले तिम्रो बाबाका साथीहरू, कहिले मेरा साथीहरु अनि अफन्त परिवार सबैका फोनहरु ! बधाई अनि सुस्वास्थ्यका कामनाहरुले भरिएका, तिम्रो बाबा फोन मा ब्यस्त हुनुहुन्थ्यो । मेरो खुशीले सीमा नाघिसकेको थियो । दुःखले मसँग हारी सकेको थियो ।

केही समयपछि बाबा तिमीलाई ठूलो भएपछि डाक्टर बनाउने अनि अंकल तिमीलाइ मेरो विषय लिएर पढ्छ, किताब राख्नु पर्यो भन्नुहुन्थ्यो । यस्तै हाँसी मजाक गर्दा गर्दै दिनहरु बित्दै गए । तिम्रो न्वारानको दिन आयो । तिम्रो नाम तिम्रो मामाले आभूषण राख्नु भयो । म मनमनै खुशी थिएँ । मेरा उमंगहरुलाई म माला जस्तै बुनिरहेको थिएँ चुपचाप …

तिमी यति धेरै राम्रो थियौ । तिमीलाई देख्नेहरु जत्तीले तिम्रो रुपको चर्चा यत्ति धेरै गर्थे, त्यो म अहिले वर्णन गर्न सक्दिन । तिमीलाई ममी जस्तो छ भन्दा म आफूलाई आफूले नदेखेपनि तिम्रो रुपसँग मलाई तुलना गर्दा म धेरै खुसी थिएँ । यस्तै यस्तै दिनहरु बित्दै गए । तर मेरो जीवनको नदी मेरो आस्थाको किरण सोचेभन्दा फरक भयो । जीवनको नदी उल्टो बगिदियो ।

दिन रात, समय परिवर्तन हुँदै गयो तर त्यो परिवर्तनले तिमीमा कुनै असर गरेन । न त तिम्रो शारीरिक बृद्धि भयो न त मानसिक विकास नै भयो । तिम्रो बाबा र मैले बुनेका कल्पनाका सुइटर त फुस्किएर धागोमा परिवर्तन हुन थाल्यो । तिमी छ महिनाको भयौ । यस्तै गरी समय बित्दै गयो । तिमीमा परिवर्तन देखिएन ।

हामीलाई दिन रात जस्तो थियो भने रात त हाम्रो लागि कस्तो होला ! हामी दुखेको मन लियर काठमाण्डौंको हरेक अस्पतालमा तिमीलै बोक्दै हिंड्न् थाल्यौं । युद्धमा हारेको सिपाही जस्तै …..

अब हाम्रो दिनचर्या फरक भयो । जीवन शैली परिवर्तन हुँदै गयो । बिहान अस्पताल अनि दिनभरी तिम्रो रिपोर्ट को प्रतीक्षा अनि साझ घर । भोक के हो निन्द्रा के हो, त्यो अनुभव थिएन ।

त्यतिबेला हरेक पटक तिम्रो कहानी सुनाउँदा सुनाउँदा म वाक्क भइसकेको थिएँ । डाक्टरहरु तिमीलाई माइलस्टोन हो, बिकास हुन पनि सक्छ, नहुन पनि भन्थे । माइलस्टोनलाई हामीले कहिले नेगेटिभ अर्थ लगाउँथ्यौं त कहिले पोजेटिभ । तर कहिले तिमीमा परिवर्तन देखिएन ।

म मनमनै भगवान तिमी कति पापी ! जुन रुपको महत्व छैन त्यो रुप दियौ तर यो अन्जान बालकलाई बोल्न, हिंड्न, खान सबै कुरा जुन नभई जीवनको अर्थ छैन त्योबाट वञ्चित गरायौ, भन्दै भगवानलाई पुकारा गरिरहन्थें । म भित्र भित्रै जल्थें, कराउँथें तर केही उपाय लागेन ।

तिम्रो बाबा ममी काठमाण्डौंको गल्ली गल्ली कति बिरक्त मन बोकेर हिंड्न थाल्यौं । मैले तिम्रो लागि कति व्रत बसें, मन्दिर पनि सायद कमै होला तिमीलाई नलगेको । तर तिम्रो अवस्थामा कुनै सुधार भएन, तिमी ज्यूँका त्यूँ रह्यौ । प्रगति भएन ।

तिमी हिंडेको बोलेको हेर्न कति मन छ । मेरो हरेक धड्कन तिम्रो यादमा धड्कन्छ  । हरेक नशा नशामा तिम्रो माया बगिरहेकोछ । घाम लागे पनि पानी परे पनि फूल फुले पनि फूल झरे पनि तिम्रो माया तिम्रो बाबा ममीसँग अगाध र सदाबहार छ । अहिले तत्कालका लागि तिमीबाट केही समयको लागि टाढा छु । तर तिम्रो यादहरु मसँग बयाली खेल्दै छन् ।

तिमी अभागी त पक्कै होइनौं, किनकी तिमीले परिवारबाट अनबरत माया पाएका छौ । म कत्ति पनि विचलित छैन । म माथि आकाश खसे सहन सक्छु, म टेकेको धर्ती भासिए पनि म हिंड्न सक्छु । तर तिमीलाई कसैले आलोचना गर्यो भने म सहन सक्दिन ! म आभारी छु तिम्रो हजुरबा हजुर आमासँग । म गौरव गर्छु उहाँहरुको । उहाँहरुको तिमी प्रतिको स्नेह प्रेम म व्यक्त गर्न सक्दिन । मैले तिमीलाई अहिले दिन नसकेको कुरा तिमीले उहाँहरुबाट पाइरहेका छौ ।

हुनत म थाकेको छैन । पक्कै कुनै पल तिमी हिंड्न सक्ने, बोल्न सक्ने हुनेछौ, अनि ममी मलाई यो किन्दिनु त्यो किन्दिनु भन्नेछौ । म प्रतीक्षामा छु । अन्त्यमा तिम्रो यादमा बिक्षिप्त यो मुटुलाई नियन्त्रण गरी यो लेख मार्फत् तिमीलाई जन्मदिनको शुभकामना दिन्छु । तिमीले आजीवन तिम्रो परिवारको अथाहा माया पाइराख । तिम्रो शारीरिक र मानसिक विकास होस्, तिम्रो दीर्घ आयु होस्, तिमीलाई तिम्रो जन्म दिनको यही शुभकामना छ, स्वीकार गर है छोरा !

तिम्रो ममी

कला पन्थ – हाल युरोप

११ चैत २०७२ 

वि.सं.२०७२ चैत ११ बिहीवार ०३:१७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...