back
NMB ad

होस् गर्नुस्, वैशाखपछि तपाईको मोबाइल ब्लक हुन सक्छ !

Kumari bank ad

काठमाडौं । तपाई्रले विदेशबाट ल्याउनुभएको वा अवैध रुपमा आयात भएको मोबाइल सेट बोक्नुभएको त छैन ! यदि त्यसो हो भने होस् गर्नुहोस्, तपाईको मोबाइल फोन ब्लक नै हुन सक्छ ।

तपाईंले बोकेको मोबाइल सेटको विशिष्ट पहिचान अंक (आइएमईआई नम्बर) नहुन पनि सक्छ । आइएमइआई नम्बर नभएका मोबाइल सेट ब्लक गराउने तयारी नेपाल दूरसञ्चार प्राधिकरणले गरेको छ ।

प्राधिकरणले तयार पारेको राष्ट्रिय उपकरण पहिचान दर्ताको अन्तरिम कार्यविधिमा आधिकारिक आइएमइआई नम्बर नभएका मोबाइल ब्लक गरिने उल्लेख छ । तर, हाल नेपालभर प्रयोगमा रहेका सेटले भने ६ महिनाको म्याद पाउनेछन् ।

अर्थात्, हालसम्म नेपाल भित्रिएका सेटमा आधिकारिक आइएमइआई नम्बर नभएको पाइएमा सेवाप्रदायकले ६ महिनाभित्र त्यसको जानकारी प्रयोगकर्तालाई दिनेछन् । त्यसपछि प्रयोगकर्ताले प्राधिकरणमा गएर मोबाइलको आइएमइआई नम्बर लिन सक्नेछन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशितः २०७२ चैत्र ११

वि.सं.२०७२ चैत ११ बिहीवार १०:५३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...