back
NMB ad

जेष्ठ नागरिकका लागि निशूल्क स्वास्थ्य परीक्षण शिविर

Kumari bank ad

इटहरी । जेष्ठ नागरिक दिवसको अवसर पारेर इटहरी उपमहानगरले जेष्ठ नागरिकका लागि इटहरीका छ ठाँउमा निशूल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ ।

आइतबार इटहरी अस्पतालमा विशेषज्ञ डाक्टरहरु सहितको शिविरमा १ सय २६ जनाले स्वास्थ्य परीक्षण गराएका छन । शिविरमा ल्याव सेवा र औषधी पनि निशूल्क गरिएको छ । विराट मेडिकल कलेज विराटनगरका जेनेरल फिजिसियन डा रामकुमार मेहता ,हाडजोर्नी रोग विशेषज्ञ डा. मिथलेस कुमार गुप्ता,स्त्री रोग विशेषज्ञ डा. सपना भगत, इटहरी अस्पतालका दन्तरोग विशेषज्ञ डा. आश्विन कुमार गुप्ता लगायतका चिकित्सकले स्वास्थ्य परीक्षण गर्नुभयो ।

साठी बर्ष माथिका जेष्ठ नागरिकका लागि निशूल्क स्वास्थ्य परीक्षण शिविर गरिएको हो । विहान इटहरी उपमहानगकी उपप्रमुख लक्ष्मी गौतमले शिविर उदघाटन गर्नुभयो । दिनभर पानी परेपनि जेष्ठ नागरिकको उल्लेख्य सहभागिता रहेको इटहरी अस्पताल संचालक समिति अध्यक्ष भुपेन्द्र वरालले वताउनुभयो । यसअघि जेष्ठ नागरिक दिवसकै अवसर पारेर इटहरीका वडा नम्वर १,३,१२,१६ र १७ नम्वर वडामा स्वास्थ्य शिविर सम्पन्न गरिएको थियो ।

पाँच ठाँउमा भएका शिविरमा २सय ५७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । आफनै गाँउ ठाँउमा उपमहानगरले निशूल्क स्वास्थ्य जाँच गरिदिएपछि जेष्ठ नागरिक खुशि भएका छन । जेष्ठ नागरिक दिवसको अवसरमा इटहरी उपमहानगका मेयर द्धारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले सय वर्ष उमेर कटेका जेष्ठ नागरिकलाई घरमै गएर भेटनुभएको छ ।

आज असोज १३ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ डाक्टर सन्जिव शर्मा सँग स्वास्थ्य सम्वन्धि सचेतना र अन्तरक्रिया कार्यक्रम राखिएको छ ।

२०७६ असोज १३ गते प्रकाशित

वि.सं.२०७६ असोज १३ सोमवार ११:१५ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...