back
NMB ad

निलम्बित डेपुटी गभर्नर श्रेष्ठले राष्ट्रबैंकबाट कति कमाए ? बाहिरियो यस्तो तथ्य !

Kumari bank ad

काठमाडौं । पदीय दुरुपयोग गरेको आरोपमा निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले नेपाल राष्ट्रबैंकको कर्मचारी हुँदा करिब १० करोड बराबरको सम्पत्ति कमाएको तथ्य सार्वजनिक भएको छ ।

श्रेष्ठ, उनकी श्रीमती र छोराहरुसंँग गरी करिब १० करोड बराबरको सम्पती रहेको तथ्य फेला परेको हो । उक्त सम्पत्ति २०७२ चैतमा श्रेष्ठले बुझाएको सम्पत्ति विवरण फारमा उल्लेख भएअनुसारको हो । विवरणका अनुसार श्रेष्ठसंग १४.०२ आना जग्गा रहको छ ।

टोखामा रहेको उक्त जग्गाको प्रति आना २० लाख मात्रका दरले हिसाब गर्दा पनि हाल करिब रु.२ करोड ८० लाख ४० हजार पर्छ ।सो मध्ये ६ आनामा उनको घर पनि रहेको छ । श्रेष्ठले बुझाएको सम्पत्ति विवरण अनुसार उनिसँग ६० तोला सुन र ६ सय तोला चाँदी छ ।

आज (बुधबार)को सुनको मुल्य प्रति तोला रु. ७० हजार २ सयले हिसाब गर्दा श्रेष्ठसँग रु. ४२ लाख १२ हजार बराबरको सुन रहेको छ । आजकै मुल्य प्रतितोला रु. ८ सय ४५ अनुसार उनिसँग रु. ५० लाख ७ हजार बराबरको चाँदी रहेको छ ।

श्रेष्ठले शेयरमा पनि लगानी गरेका छन । श्रेष्ठ, उनकी श्रीमती र दुई छोराहरुको नाममा बैंक तथा वित्तिय संस्थामा रु. ५५ लाख ९१ हजार ४ सय बराबरको ५५ हजार ९ सय १४ कित्ता शेयर छ ।

त्यस्तै नागरिक बचतपत्रमा रु. ३५ लाख बराबरको १० कित्ता शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । श्रेष्ठले सवारी साधनको रुपमा हिरो होण्डा मोटर बाईक मात्रै रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन । जसको खरिद मुल्य रु ८५ हजार रहेको छ ।

त्यस्तै डेक्सटप, सोनी साधारण टेलिभिजन, सोनी लिड टेलिभिजन, सोनी मुभि क्यामेरा र सोनी डिजिटल क्यामेरा गरि १ लाख ४० हजारको उनकोे सम्पत्ति रहेको विवरणमा उल्लेख छ ।

श्रेष्ठको सम्पत्ति विवरण अनुसार उनिसँग करिब ९ करोड ६८ लाख ९८ हजार बराबरको सम्पत्ति रहेको देखिन्छ भने श्रेष्ठले ऋण दिएका वा लिएका भने छैनन ।

२०७६ कात्तिक २२ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २२ शुक्रवार १६:१५ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...