back
NMB ad

बूढीगण्डकीको मुआव्जा माग्दै बाबुराम भट्टराईसहित धादिङ र गोरखाका संसादहरु धर्नामा

Kumari bank ad

काठमाडौं । बूढीगण्डकी पीडितलाई यथासीघ्र उचित मुआव्जाको व्यवस्था गर्न माग गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई धर्ना बसेका छन।

डुबान पीडित क्षेत्रका जनप्रतिनिधिको आन्दोलनको पहिलो दिन जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना कार्यक्रम आयोजना गरिएको छ ।

राष्ट्रिय सभाका प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको पहिलो दिनको आन्दोलनलाई समर्थन गर्दै भट्टराई धर्नामा सहभागी भएका हुन।

जनप्रतिनिधिको धर्ना कार्यक्रममा प्रतिपक्षी दलका नेता पाण्डे, गोरखा २ बाट निर्वाचति सांसद समेत रहेका भट्टराई, गोरखाबाट निर्वा्चित प्रदेश सांसद प्रकाशचन्द्र दवाडी, धादिङका सांसाद, आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण दाहाल, उपाध्यक्ष कल्पना नेपाली, धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख शम्भुकुमार थापा, उपाध्यक्ष देवी पाण्डे बुर्लाकोटी, सरोकार समितिका संयोजकहरु जगनाथ खनाल र दिनेश ढकाल, आरुघाट गाउँपालिका ९ का अध्यक्ष डिलबहादुर रोका, १० अध्यक्ष मेनबहादुर अधिकारी, ८ का अध्यक्ष मुरारी खनाल, त्रिपुरासुन्दरी गाउँपालिका २ का अध्यक्ष कृष्ण खत्री, ५ का अध्यक्ष कृष्ण काप्री, ७ का अध्यक्ष देवराज धरेल, गण्डकी गाउँपालिका ८ का अध्यक्ष रामप्रसाद रेग्मीलगायत सहभागी छन।

यसअघि सम्पन्न पीडित क्षेत्रका स्थानीयबासीको भेलाले मंसिर ५ गते जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिने, ६ गते जिल्ला प्रशासन कार्यालय धादिङमा धर्नाको कार्यक्रम तय भएको संघर्ष समितिका अध्यक्ष जगनाथ खनालले बताए । ८ गतेसम्म उचित मुआब्जा निर्धारण नभए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने उनले बताए।

२०७६ मंसिर ०५ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ५ बिहीवार १३:१९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...