back
NMB ad

२४ करोडको हिनामिना गर्ने व्यक्ति एक वर्षपछि पक्राउ

Kumari bank ad

काठमाण्डौं । नेपाल राष्ट्र बैंक, प्रोब्लम बैंक रिजोलुसन डिभिजनले २४ करोड हिनामिना गरेको अरोपमा दोषी ठहर गरेपछि फरार रहेका व्यक्तिलाई कार्यक्रममै सहभागी भइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेकोछ ।

डिभिजनले आयोजना गरेको ‘रिजोलुसन प्रक्रियामा देखिएका समस्या र समाधानका उपाय’ विषयक एक दिवसीय गोष्ठीमा भाग लिन पुगेका नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष उत्तमप्रसाद द्वाविरुद्ध बैंकिङ कसुर गरेको भन्दै महाशाखाले २०७१ माघ १५ गते जाहेरी दिएको थियो ।

अध्यक्ष द्वा तथा बैंकका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठ समेतका विरुद्धमा चितवन, टाँडी प्रधान कार्यालय रहेको नारायणी डेभलपमेन्ट बैंकको रु २३ करोड ७२ लाख २६ हजार ७४४ हिनामिना गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ विपरीतको कार्य गरेको उजुरीमा पुनरावेदन अदालत मकवानपुर, हेटौँडाको फैसलापछि द्वा अदालतबाट फरारको सूचीमा थिए ।

उनै द्वा राष्ट्र बैंक, थापाथलीमा आयोजित कार्यक्रममा सहभागी भएको सूचना पाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कार्यक्रममा सहभागी भएर फर्कने क्रममा बैंक परिसर बाहिरबाट हिजो पक्राउ गरेको हो ।

बैंकका अध्यक्ष द्वाको प्रमुख योजना तथा मिलेमतोमा विभिन्न नाममा नक्कली ऋणी तथा आफन्तलाई अनियमित तरिकाले कमसल धितो राखी ऋण प्रवाह गर्ने र सो ऋण रकम आफैँले प्रयोग गर्ने गरेको आरोप लागेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिवस लोहनीले जानकारी दिए ।

बैंकका तत्कालीन महाप्रबन्धक श्रेष्ठलाई गत असार २३ गते पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, चितवनमा पठाइएको र सोही बैंकका पूर्वअध्यक्ष दिव्यकुमार श्रेष्ठलाई समेत नारायणी डेभलपमेन्ट बैंकको मुद्दामा अनुसन्धान गर्न ब्युरोले जिल्ला प्रहरी कार्यालय, चितवनलाई आदेश दिएको थियो ।

सो मुद्दाको मुख्य अभियुक्त द्वा समेतका विरुद्धमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनमार्फत पुनरावेदन अदालत हेटौंडामा गत साउन २३ गते रु २३ करोड ७२ लाख २६ हजार ७४४ बिगो कायम गरी हदैसम्म सजायका लागि मागदाबी गरेको थियो ।

सो मुद्दामा अदालतको फैसलापछि असोज ५ गतेको आदेशले प्रतिवादी श्रेष्ठसमेतलाई पुर्पक्षका लागि थुनामा पठाएकोमा द्वा भने फरार रहेका थिए । कानुनअनुसार फरार रहे पनि उनी सोही बैंकको अध्यक्षको हैसियतले लुकीछिपी काम गर्दै आएको उपरीक्षक लोहनीले जानकारी दिए । उनलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय, चितवनमार्फत पुनरावेदन अदालत, हेटौँडामा पठाइने ब्युरोले जनाएको छ ।

१९ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत १९ शुक्रवार ११:०१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...