काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फण्ड १ र लक्ष्मी इक्विटी फण्डको प्रतिइकाई खुद मूल्य बढेको छ ।
मंसिर मसान्तसम्ममा लक्ष्मी इक्विटी फण्डको प्रतिइकाई खुद मूल्य रू. ८ दशमलव ६१ पुगको छ । यो मूल्य कात्तिक मसान्तसम्ममा रू. ८ दशमलव ४० थियो ।
त्यस्तै, गरी लक्ष्मी भ्यालु फण्डको मंसिर मसान्तसम्ममा प्रतिइकाई खुद मूल्य रू. ९ दशमलव ७३ रहेको छ । यो मूल्य कात्तिक मसान्तसम्ममा रू. ९ दशमलव ५१ थियो ।
मंसिर मसान्तसम्ममा लक्ष्मी इक्विटी फण्डको सूचीकृत धितोपत्रमा लगानी, सार्वजनिक निष्कासन र ऋणपत्र बन्डमा गरी कुल लगानी रू. ८३ करोड ५ लाख पुगेको छ ।
कात्तिक मसान्तसम्ममा यो लगानी रू. ८१ करोड ९८ लाख थियो । यस योजनाको मंसिर मसान्तसम्ममा कुल लगानी (धितोपत्र दलाल कमिशन समेत) गरेर रू. १ अर्ब ८ करोड हो ।
लक्ष्मी भ्यालु फण्ड १ को मंसिर मसान्तसम्ममा सूचीकृत शेयर र सार्वजनिक निष्कासनमा गरेर लगानी रू. २१ करोड ७ लाख रहेको छ ।
यो लगानी कात्तिक मसान्तसम्ममा रू. २२ करोड ५८ लाख थियो । कात्तिक मसान्तसम्मको तुलनामा मंसिर मसान्तमा यस्तो लगानी घटेको हो ।
२०७६ पुस १३ गते प्रकाशित
वि.सं.२०७६ पुस १३ आइतवार १४:०१ मा प्रकाशित