काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जमा समता लघुवित्तको शेयरमूल्य समायोजन भएको छ । पुस १९ गते शनिबार गत आ.व.को मुनाफाबाट प्रस्तावित बोनसमा समता लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको हो।
गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि लघुवित्तले बुकक्लोज गरेको थियो । सो पश्चात् नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।
नेप्सेले समायोजन गरी प्रतिकित्ता ५१० रुपैयाँ ४८ पैसा शेयरमूल्य कायम गरेको छ। लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते साधारण सभा आह्वान गरेको छ। लघुवित्तको छैठौँ वार्षिक साधारण सभा होटल इच्छा प्रालि, सिमरामा दिउसो १ बजे शुरु हुने बताइएको छ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेको हकप्रद शेयर पूँजीकरणपश्चात कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको समेत बताइएको छ। आइतबार लघुवित्तको समायोजित मूल्यलाई आधार मानेर नेप्सेमा शेयर कारोबार खुलेको छ ।
२०७६ पुस २० गते प्रकाशित
वि.सं.२०७६ पुस २० आइतवार ११:५१ मा प्रकाशित