back
NMB ad

हालसम्मकै ठूलो आईपीओ जारी गर्दै एनआईसी एशिया लघुवित्त, सेबोनमा दियो निवेदन

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा मंगलवार निवेदन दिएको छ ।

सेबोनको स्वीकृतिपछि उक्त कम्पनीले ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्कासन गर्ने छ । कम्पनीको विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको जनाउँछ ।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओ अहिलेसम्मकै लघुवित्त कम्पनीहरुले जारी गरेकामध्येको ठूलो आईपीओ हो । यो कम्पनी एनआईसी एशिया बैंकको सहायक कम्पनी पनि हो ।

हाल सम्ममा कम्पनीले ५८ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । कम्पनीको केन्द्रीय कार्यालय जाजरकोट खलंगामा रहेको छ ।

कम्पनीले विसं २०७४ पुस ५ गते देखि सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ५ करोड ५३ लाख नाफा कमाएको छ ।

यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १९३ प्रतिशतले वृद्धि हो । सो अवधिमा कम्पनीले रू.१ करोड ८८ लाख नाफा कमाएको थियो ।कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४५ लाख रहेको छ । रिर्जभ कोषमा रू. १६ करोड २९ लाख छुट्याएको छ ।

वि.सं.२०७६ माघ १० शुक्रवार ०७:११ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...