back
NMB ad

धमाधम शिक्षा अधिकृतको अन्तर्वार्ता

Kumari bank ad

काठमाडौं । स्थानीय तहमा नियुक्ति हुने गरी छनौट गर्न लागिएका शिक्षा अधिकृतको अन्तर्वार्ता शुरु भएको छ । ३ सय ३९ पदका लागि लोक सेवा आयोगले छनौट गर्ने उक्त पदका लागि ४ हजार २ सय ६५ जनाले जाँच दिएका थिए ।

गत भदौमा भएको परीक्षाबाट अन्तर्वार्ताका लागि ४ सय ३० जना छनौट भएका छन् । बुधबारबाट शुरु अन्तर्वार्ताबाट ९१ जना फालिने छन ।

विद्यालय तह सम्मको अधिकार स्थानीय सरकार मातहत भएको यतिका समय सम्म पनि सबै पालिकामा शिक्षाका कर्मचारी नपुग्दा काममा नकारात्मक प्रभाव परेको छ । अझै पनि झण्डै २ तिहाई पालिकामा शिक्षाका कर्मचारी छैनन।

बढुवा, सेवा सर्त जस्ता कुरा स्पष्ट नभएको भन्दै कर्मचारीले समायोजनमा रुची नदेखाए पछि विवाद समेत भएको थियो । अहिले सम्म पनि कानून नबन्दा उक्त विषय अझै अस्पष्ट नै छ ।

संघमा भएका सबै कर्मचारीले स्थानीय तह रोजेको भए पनि सबै पालिकामा शिक्षाका कर्मचारी नपुग्ने अवस्था भए पछि उक्त विज्ञापन गरिएको हो ।

पालिकाहरुलाई चाहिने आवश्यक कर्मचारीको संख्या संघीय मन्त्रालयले निर्धारण गरेको थियो । कर्मचारी परिपूर्ति गर्न संघीय तथा सामान्य प्रशासन मन्त्रालयलाई आयोगले तोकेको संख्याका आधारमा उक्त विज्ञापन भएको हो ।

२०७६ माघ ११ गते प्रकाशित

वि.सं.२०७६ माघ ११ शनिवार ०५:१७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...