back
NMB ad

यी दुई विकास बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा

Kumari bank ad

काठमाडौं । कञ्चन डेभलपमेण्ट बैंक र कैलाश विकास बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरी दिएका छन् ।

कञ्चन डेभलपमेण्ट बैंकले माघ ३ गतेसम्म हितग्राही खातामा बैंक खाता खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा ६ प्रतिशत लाभांश (कर सहित) जम्मा गरेको हो । बैंकको पुस २९ गते सम्पन्न दशौं वार्षिक साधरण सभाले उक्त लाभांश पारित गरेको हो ।

त्यस्तै, कैलाश विकास बैंकले पुस २९ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा २ दशमलव ७७ प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गरेको हो । बैंकको पुस २५ गते सम्पन्न २६ औं साधारण सभाले उक्त लाभांश पारित गरेको हो ।

हालसम्म पनि शेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई यथाशिघ्र आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गरी बैंक खाता समेत अद्यावधिक गर्न दुवै बैंकले अनुरोध गरेका छन् ।

साथै, कञ्चन डेभलपमेण्ट बैंकको शेयर पुस १३ गतेसम्म र कैलाश विकास बैंकको पुस ९ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुले नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अबजेक्सन लेटर प्राप्त भएपछि मात्र जम्मा हुने र सो मिति पश्चात कर्जा चुक्ता गरेका शेयरधनीहरुको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र पेश गरेपछि मात्र उक्त लाभांश खातामा जम्मा हुने बैंकको सूचनामा उल्लेख छ । दुवै बैंकको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

२०७६ माघ १३ गते प्रकाशित

वि.सं.२०७६ माघ १३ सोमवार १०:१३ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...