back
NMB ad

लक्ष्मी बैंकको नाफा : ६ महिनामा ९० करोड, यस्तो छ बैंकको वित्तीय अवस्था

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा लक्ष्मी बैंकले नाफा बढाएको छ । पुससम्म बैंकले ९० करोड ३० लाख रुपैयाँ खुदनाफा गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७२ करोड ३७ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैंकले १८ करोड रुपैयाँ नाफा बढाएको छ ।

६ महिनामा गरेको नाफाबाट बैंकले ५९ करोड रुपैयाँ नाफा वितरण गर्न सक्ने देखिएको छ । ६ महिनामा बैंकले १ अर्ब ७४ करोड रुपैयाँ खुदब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

बैंकको निष्क्रिय कर्जा घटेर ०.८८ प्रतिशतमा झरेको छ । बैंकको निक्षेप लागत ७.२१, सीसीडी ७८.३५, आधारदर १० र स्प्रेडदर ४.३० प्रतिशत छ । बैंकको सञ्चित कोषमा २ अर्ब ३० करोड रुपैयाँ छ ।

२०७६ माघ १४ गते प्रकाशित

वि.सं.२०७६ माघ १४ मंगलवार ०९:२७ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...