back
NMB ad

नेपाल एसबिआईको १०% ब्यादरको ऋणपत्र माघ २८ देखि निष्कासनमा

Kumari bank ad

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले माघ २८ गतेदेखि रू. २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० प्रतिशत ब्याजदरमा २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

जसमध्ये रू. १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र रू. १ अर्ब बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनको माध्यमबाट विक्री खुला गर्ने भएको हो ।

२०८६ मा परिपक्व हुने यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतमा १० लाख कित्तासम्म सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । प्रति ऋणपत्रमूल्य रू. १००० तोकिएको छ ।

विक्री प्रबन्धक नेपाल कुमारी क्यापिटल लिमिटेड रहेको छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।

ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले न्यून कर्जा जोखिम जनाउने ‘इक्राएनपी एल डबल ए’ रेटिङ प्रदान गरेको छ । बैंकले धितोपत्र बोर्डसँग पुस २७ गते स्वीकृति पाएसँगै ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकको ऋणपत्रमा छिटोमा फागुन २ गते तथा ढिलोमा फागुन २८ गतेसम्म आबेदन दिन सकिनेछ ।

वि.सं.२०७६ माघ २० सोमवार ०८:५३ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...