back
NMB ad

नेपाल इन्भेष्टमेन्ट बैंकको कृषि कर्जा योजना, वार्षिक १०.५० प्रतिशत ब्याजदर

Kumari bank ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले देशको विद्यमान कृषि क्षेत्रको आधारलाई सहयोग गर्ने तथा वर्तमान आर्थिक परिप्रेक्षमा यसलाई प्रबर्धन र आधुनिकीकरण गर्नमा केन्द्रीत हुँदै एक वर्षकालागि निश्चित वार्षिक १०.५० प्रतिशतको ब्याजदरमा उत्पादनशिल कृषि क्षेत्रमा प्रदान गर्ने गरी कर्जा योजना अघि सारेको छ ।

बैंकले यसअघि समाजमा बचतको बानी सहज तुल्याउने उद्देश्यसहित ९.२५ प्रतिशत ब्याजदरसहितको क्रमिक मुद्दती निक्षेप (रिकरिङ फिक्स्ड डिपोजिट) सञ्चालनमा ल्याएको थियो ।

जसमा ग्राहकहरूले न्युनमत ३३ महिने अवधिका लागि न्युनतम ३३३ रुपैयाँ क्रमिक निक्षेप जम्मा गरेर उच्च ब्याजदर पाइरहेका छन् ।

बैंकको ३३ औं वार्षिकोत्वसका अवसरमा ल्याइएको यो निक्षेप योजना बढ्दो वित्तीय सचेतना बजारमा स्थापित हुँदै गईरहेको छ । यसबाहेक अंग्रेजी नयाँ वर्षका अवसरमा नेपाल इन्भेष्टमेन्ट बैंकले हरित पहल अभियान अन्तर्गत ग्रिन डबल फिक्स्ड डिपोजिट (जीडीएफडी) ल्याएको थियो ।

यस योजनाबाट संकलन गरिएका निक्षेपहरू दिगो, वातावरणमैत्री हरित परियोजनाहरूमा लगानी गरिनुका कारण यस योजनाले निक्षेपकर्ताहरूबीच लोकप्रियता कमाइ रहेको छ । थप, सो योजना अन्तर्गत दिगो भविष्य सुनिश्चित हुनुका साथसाथै व्यक्तिको निक्षेप पनि ७.५ वर्षमा दोब्बर हुन्छ ।

यो योजनाअन्तर्गत संकलन गरिएको निक्षेप इको–लोन मार्फत हरित परियोजनाहरूमा लगानी गरिन्छ, जसमा एक वर्षकालागि निश्चित वार्षिक १०.५० ब्याजदर कायम गरिएको छ ।

यसका साथै नेपाल इन्भेष्टमेन्ट बैंकले देशका उद्यमीहरूलाई उत्थान गर्ने उद्देश्यमा केन्द्रीत रहँदै एक वर्षकालागि निश्चित ९.९९ प्रतिशत ब्याजदरको साना तथा मझौला उद्यमी (एसएमई) कर्जा पनि ल्याएको छ ।

स्थानीय स्तरमा रोजगारी सिर्जनाका साथै मुलुकमा उद्यमशीलता बढाएर देशको आर्थिक मापदण्डमा सकारात्मक परिवर्तन ल्याउन प्रत्यक्ष योगदान पु¥याउने एसएमई कर्जाको उद्देश्य हो ।

वि.सं.२०७६ माघ २१ मंगलवार ०८:२३ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...