काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा २२.८० प्रतिशत बढाएको छ । बैंकले दोस्रो त्रैमाशमा १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब २८ करोड ८० लाख रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा नाफा २९ करोड ३६ लाख रुपैयाँ बढेको छ ।
६ महिनामा गरेको नाफाबाट बैंकले सेयरधनीलाई १ अर्ब १४ करोड ८३ लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने छ । बैकृषि विकास बैंकको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ४७ पैसा छ ।
बैंकको निष्क्रिय कर्जा घटेर ३.९१, निक्षेप लागत ७.२०, सीसीडी ७२.१२, आधारदर १०.१७ र स्प्रेड ५.२९ प्रतिशत छ । बैंकको सञ्चित कोषको आकार बढेर १० अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।
वि.सं.२०७६ माघ २१ मंगलवार ०९:४१ मा प्रकाशित