back
NMB ad

ट्रकको क्याबिनमा पालैपालो यौन सम्पर्क, पैसामा विवाद भएपछि हत्या

Kumari bank ad

हेटौंडा । गत ४ माघमा हेटौंडाको क्याम्पाडाँडामा मृत फेला परेकी अजिता भुजेलको हत्यामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ ।

घटनाको १७ दिनपछि पक्राउ परेका अभियुक्तले हत्या स्वीकार गर्दै दिएको वयानले मानिसहरु यौनमा कतिसम्म निकृष्ट हुँदा रहेछन् भन्ने पनि देखाएको छ ।

पक्राउ पर्नेमा हेटौंडा–९ बस्ने वर्ष १८ का सिमोन परियार, हेटौंडा–४ बस्ने वर्ष २४ का आशिष बल, हेटौंडा–१४ बस्ने वर्ष २१ का बुद्ध लामा र हेटौंडा–४ बस्ने वर्ष २५ का सशील थापा मगर छन् ।

उनीहरुले ती महिलासँग ७ हजार रुपैयाँ दिने सहमतिमा यौन सम्पर्क राखेको र यौन सम्पर्कपछि पैसा दिने कुरामा विवाद भएपछि हत्या गरेको वयान दिएका छन् ।

उनीहरुले ना ६ ख ६५२७ नम्बरको ट्रकको क्याबिनमा ती महिलासँग यौन सम्पर्क गरेका थिए । पैसामा कुरा नमिलेपछि चारै जना मिलेर ट्रकभित्रै अजिताको हत्या गरेर क्याम्पाडाँडामा लगेर फालेको जनाइएको छ ।

प्रहरीले अजिताले बोक्ने मोबाइलको माध्यमबाट अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो । मृतक अजिताले बोक्ने मोबाइल हेटौंडा–११ बस्ने वर्ष २० का एलिसा पाख्रिनबाट बरामद भएको थियो । पाख्रिनको माध्यमबाट अन्य चार जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

 

वि.सं.२०७६ माघ २१ मंगलवार ११:०४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...