back
NMB ad

एक आपसमा गाभिन यी दुई वित्तीय संस्थाले गरे सम्झौता, यस्तो भयो सहमति

Kumari bank ad

काठमाडौं । दुई वित्तीय संस्थाले एक आपसमा गाभिनका लागि सम्झौता गरेका छन । तनहूँमा प्रधान कार्यालय रहेको सारथी लघुवित्त वित्तीय संस्था र काभ्रेपलाञ्चोकको धुलिखेलमा प्रधान कार्यालय रहेको नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाबीच मर्जर हुने सम्भौता भएको हो ।

एक आपसमा गाभ्नरगाभिन सहमति गरी मंगलबार सारथी लघुवित्तका अध्यक्ष कमल प्रसाद ज्ञवाली र नयाँ नेपालका अध्यक्ष डा.पुरुपोत्तम श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई सहयोग पुग्ने लक्ष्यका साथ सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट दुवै संस्था एकिकृत कारोवार गर्ने भएका छन । सम्झौताअनुसार शेयर स्वाप अनुपात १ः१ रहने छ ।

मर्जरपछिको सञ्चालक समितिको अध्यक्षता नयाँ नेपालको तर्फबाट हुने बताइएको छ । यससँगै दुवै तर्फबाट ३/३ जना गरी ६ सदस्यीय सञ्चालक समिति रहने छन । व्यवस्थापनको नेतृत्व सारथी लघुवित्त वित्तीय संस्थाका प्रबन्ध निर्देशकले गर्ने सहमति भएको छ ।

हाल सारथी लघुवित्त वित्तीय संस्थाको चुक्ता पूँजी ११ करोड ४ लाख २५ हजार छ भने नयाँ नेपालको चुक्ता पूँजी १० करोड ८ लाख रुपैया रहेको छ ।

चालू आवको दोश्रो त्रैमासिक वित्तीय विवरणअनुसार दुवै संस्थाको जोड्दा कुल कर्जा लगानी रकम २ अर्ब ४० करोड ५५ लाख, बचत रकम ५४ करोड १९ लाख र खुद नाफा ३ करोड २८ लाख ९६ हजार रहेको छ ।

वि.सं.२०७६ माघ २२ बुधवार १५:५९ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...