back
NMB ad

प्रभु बैंकले एकै दिन तीन स्थानमा गर्यो शाखा विस्तार

Kumari bank ad

काठमाडौं । प्रभु बैंकले एकै दिन तीन स्थानमा शाखा विस्तार गरेको छ । बैंकले पोखरा महानगरपालिका वडा नं. २, १३ र २६ मा एकैसाथ ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

शाखाहरुको बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत शान्ती शेरचन, पोखरा महानगरपालिका वडा नं. १३ का वडाध्यक्ष लेख बहादुर तामाङ्ग र लेखनाथ उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष बलराम ढकालले छुट्टा-छुट्टै उद्घाटन गरे।
बैंकले पोखरा महानगरपालिका आफ्नो थप ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएर बैंकिङ्ग पहुँच विस्तार गर्दै सेवाग्राहीहरुलाई अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रभु बैंकको प्रंशसा गर्दै बैंकिङ्ग कारोबारलाई अझै विस्तार गर्न हामी स्थानीय सेवाग्राहीहरुले हरेक आर्थिक कारोबार बैंकिङ्ग प्रणाली मार्फत गर्नुपर्ने समय आएको बताए ।

३ वटा शाखा कार्यालयहरु पश्चात् अब प्रभु बैंकको शाखा कार्यालय संख्या २०८ पुगेको छ भने हालसम्म बैंकले १५७ वटा एटीएम, ४३ वटा एक्स्टेन्सन काउण्टरहरुको सञ्जाल सहित देशका विभिन्न १७ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याई सर्वसाधारणहरुलई अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको जनाएको छ ।

वि.सं.२०७६ माघ २२ बुधवार १८:४९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...