काठमाडौं । नेपाली सेनाले रिक्त रहेको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) मा दरखास्त खुलाएको छ ।
नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले समावेशी अनुसार १ सय ५० जना सेकेन्ड लेफ्टिनेन्टमा जागिर खुलाएको हो ।
उक्त पदका लागि न्युनतम योग्यता १२ पास वा सो सरहको हुनुपर्ने गोरखापत्रमा सूचना प्रकाशन गरेको छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७६ माघ २३ बिहीवार ०६:४३ मा प्रकाशित