back
NMB ad

विविध सुविधायुक्त विशेषताका साथ एनआइसी एशिया बैंकले सार्वजनिक गर्यो नयाँ वेबसाइट

Kumari bank ad

काठमाडौं । एनआईसी एसिया बैंकले विविध सुविधायुक्त विशेषताका साथ बैंककोे नयाँ वेबसाइट सार्वजनिक गरेको छ ।

आकर्षक शैलीको आवरण भएको नयाँ वेबसाइटमा बैंकको सेवा सुविधाकोे विवरण हेर्न चाहनेका लागि अन्तरक्रियात्मक शैलीमा जानकारी प्रस्तुत गर्नुको साथै बैंकले नेपाली भाषामा समेत उपलब्ध गराएको हो ।

बैंकको नयाँ वेबसाइट  लिंक www.nicasiabank.com मा क्लिक गरेर जान सकिन्छ । ग्राहकले नेपाली भाषामा बैंकका सूचना वेबसाइटबाट प्राप्त गर्न सक्नेछन् । गुगल म्यापलाई समेत संलग्न गरिएकाले उक्त वेबसाइटबाट सजिलै बैंकको शाखा, एक्स्टेन्सन काउन्टर, एटीएम रहेको स्थान पत्ता लगाउन सकिनेछ ।

साथै बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने पसल तथा व्यवसायीको स्थानको पहिचानसमेत गर्न सकिन्छ । वेबसाइटलाई मोबाइलबाट पनि चलाउन मिल्ने गरी डिजाइन गरिएकोले बैंकले जनाएको छ ।

साथै, वेबसाइटबाटै खाता खोल्न मिल्ने सुविधाका साथ बैंकसम्बन्धी विविध जानकारी तथा सहयोगका लागि चौबीसै घण्टा ‘साथी’ च्याटबट वेबसाइटमै उपलब्ध छ ।

वेबसाइटमा प्रयोगकर्ताको रुचिअनुसार बैंकले उपलब्ध गराउने विभिन्न सुविधा तथा जानकारी प्रयोगकर्ताको वेब–ब्राउजरमा स्वचालित सूचनामार्फत् पठाउन सकिने प्रविधिको समेत प्रयोग गरिएको छ ।

वि.सं.२०७६ माघ २३ बिहीवार २०:१७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...