back
NMB ad

जनप्रतिनिधिको भ्रमण भत्ता, कर्मचारी तलब र महँगी भत्ता घटाउने, अब कति ?

Kumari bank ad

दमौली । तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्ष २०७६/०७७ का लागि संशोधित बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाको शुक्रबारदेखि सुरु भएको ३२ औं नगरसभामा उपप्रमुख मीरा जोशीले चालु आर्थिक वर्षका लागि एक अर्ब ४४ करोड ४४ करोड ८२ लाख ७६ हजार ७०० रुपैयाँको संशोधित आय प्रस्तुत गरिन् ।

३१ औं नगरसभाबाट चालु आवका लागि एक अर्ब २३ करोड १८ लाख २५ हजार रुपैयाँको बजेट पारित भएको थियो ।आन्तरिक स्रोततर्फ विभिन्न शीर्षकमा साविकको आय अनुमानमा एक करोड २१ लाख ९६ हजार थप आय हुने गरी कूल आन्तरिक आय १६ करोड छ लाख ९६ हजार रुपैयाँ हुने गरी संशोधन गरिएको छ ।

बाह्य र अन्य आयतर्फ विभिन्न निकायबाट प्राप्त हुने गरी पाँच करोड ५७ लाख ५५ हजार ७१७ रुपैयाँ थप आय हुने गरी कूल बाह्य र अन्य आय एक अर्ब २८ करोड ७५ लाख ८० हजार ७१७ रुपैयाँ हुने अनुमान गरिएको छ ।

चालु खर्चतर्फ ७७ करोड ८६ लाख ७९ हजार रुपैयाँ अनुमान गरिएकोमा पुस मसान्तसम्म २७ करोड ७८ लाख दुई हजार ७३२ रुपैयाँ खर्च हुन आएको छ ।

पुँजीगततर्फ ६० करोड १६ लाख ४६ हजार रुपैयाँ विनियोजन गरिएकोमा पुस मसान्तसम्म १० करोड ९२ लाख ७७ हजार २५३ रुपैयाँ खर्च हुन आएको छ । चालु र पुँजीगत गरी कूल जम्मा ३८ करोड ७० लाख ७९ हजार ९८५रुपैयाँ यथार्थ खर्च हुन आएको नगरपालिकाले जनाएको छ ।

उनका अनुसार साउनदेखि हालसम्मको प्रगति र बाँकी अवधिको सम्भावित खर्चलाई दृष्टिगत गर्दा चालु खर्चतर्फ विभिन्न शीर्षकमा साविकको व्यय अनुमानमा एक करोड ८८ लाख १४ हजार रुपैयाँ थप व्यय गर्ने गरी कूल चालु खर्च ७९ करोड ७४ लाख ९३ हजार रुपैयाँ संशोधित अनुमान कायम गरिएको छ ।

पुँजीगततर्फ विभिन्न कार्यक्रममा खर्च हुने गरी साविकको व्यय अनुमानमा चार करोड ९१ लाख ३७ हजार ७१७ पुँजी थप गरी कूल व्यय अनुमान ६५ करोड सात लाख ८३ हजार ७१७ रुपैयाँको संशोधित विनियोजन कायम गरिएको छ ।

चालु खर्च र पुँजीगत खर्च शीषर्कको खर्चसमेत गरी कूल रु एक अर्ब ४४ करोड ८२ लाख ७६ हजार ७१७ रुपैयाँको संशोधित विनियोजन कायम हुने गरी व्यय अनुमान गरिएको उनले बताइन् ।

गत आव ०७५(७६ का लागि कूल एक अर्ब २२ करोड ३४ लाख ८३ हजार ५१२ रुपैयाँको संशोधन आय अनुमान गरिएकोमा एक अर्ब २० करोड ९० लाख ८१ हजार ८४ यथार्थ आय हुन आएको नगरपालिकाले जनाएको छ ।

व्ययतर्फ कूल एक अर्ब २२ करोड ३४ लाख ८३ हजार ५१२ रुपैयाँ को संशोधित विनियोजन गरिएकोमा एक अर्ब आठ करोड ६३ लाख ३३ हजार ३६७ रुपैयाँ यथार्थ खर्च हुन आएको थियो ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सभामा चालु आवको यस अवधिमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उद्योग, अव्यवस्थित बसोबास र भूमि व्यवस्थापन, वन, वातावरण तथा विपद् व्यवस्थापनलगायका क्षेत्रमा काम गरेको बताए । नगरपालिकाको सङ्गठन तथा व्यवस्थापन सर्भे गर्ने काम सम्पन्न भएको उनले बताए ।

उनका अनुसार चालु आवमा नगरस्तरीय ७०, वडास्तरीय ३३७, क्रमागत १०० र विविध फुटकर योजना ७८ समेत गरी जम्मा ५८५ योजना कार्यान्वयनको चरणमा रहेका छन् । यस वर्ष वडा नं ४, ७, १० र ११ को वडा कार्यालय आफ्नै भवनमा सञ्चालन भइसकेको, वडा नं ५ को सञ्चालन गर्ने तयारी भएको र वडा नं ९ को कार्यालयको ढलान सम्पन्न भएको जनाइएको छ ।

भ्रमण र महँगी भत्ता घटाउने प्रस्ताव

नगरसभाले जनप्रतिनिधिको भ्रमण भत्ता, कर्मचारी तलब, महँगी भत्तालगायतमा बजेट घटाउने भएको छ । संशोधित व्यय अनुमानमा उल्लेख गरिएबमोजिम जनप्रतिनिधि दैनिक भ्रमण भत्तातर्फ १० लाख विनियोजन गरिएकोमा चार लाख रुपैयाँ बजेट घटाइएको छ ।

कर्मचारी तलबतर्फ छ करोड विनियोजन गरिएकोमा दुई लाख ४० हजार, कर्मचारी महँगीभत्तातर्फ २२ लाख विनियोजन गरिएकोमा तीन लाख, कर्मचारी दैनिक भत्तातर्फ २० लाख विनियोजन गरिएकोमा एक लाख ५० हजार रुपैयाँ बजेट घटाउने जनाइएको छ । रासस

वि.सं.२०७६ माघ २६ आइतवार ०८:३९ मा प्रकाशित

You can share this post!

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....

कसरी गर्ने पदयात्राको तयारी ? थाहा पाउनुहोस् यस्ता टिप्स  

कसरी गर्ने पदयात्राको तयारी ? थाहा पाउनुहोस् यस्ता टिप्स  

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:०८

रामबहादुर थापा गण्डकी, ७ वैशाखः पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा...

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...