back
NMB ad

साताको पहिलो कारोबार दिनको पहिलो घण्टामा १०.१६ अंकले घट्यो नेप्से

Kumari bank ad

काठमाडौं । आइतवार नेप्से कारोबार भएको पहिलो घण्टामा १० दशमलव १६ अंकले घटेर १ हजार ३२३ दशमलव ५३ विन्दुमा पुगेको छ ।

१ हजार ३३२ दशमलव ९१ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा शून्य दशमलव ७६ प्रतिशत घटेको हो ।  यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक बाहेक बाँकी ११ समूहको परिसूचक घटेको छ । पहिलो घण्टाको कारोबारमा १३९ ओटा कम्पनीको रू. १५ करोड ५७ लाख बराबरको शेयर कारोबार भएको छ ।

यस अवधिमा ग्लोबल आइएमई बैंककोे सर्वाधिक कारोबार भएको छ । उक्त बैंकको रू. १ करोड १५ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा बैंकको शेयर मूल्य रू. २८१ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयरको रू. १ करोड १२ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. ५०२ रहेको छ ।

वि.सं.२०७६ माघ २६ आइतवार १२:०१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...