काठमाडौं । साताको पहिलो दिन सेयर बजार १३.७ अंक घटेको छ । बजार घटेर नेप्से परिसूचक १ हजार ३२० अंकमा झरेको छ । आइतबार ९५ करोड रुपैयाँ बराबरको २५ लाख ५० हजार २६६ कित्ता सेयर किनबेच भएको छ ।
सबैभन्द बढी नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर किनबेच भएको छ । नेकोको प्रतिकित्ता ५५० रुपैयाँमा ३ करोड ८८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
ग्लोबल आईएमई बैंकको २८१ रुपैयाँमा ३ करोड ५३ लाख र एनआईसी एसिया बैंकको ४८१ रुपैयाँमा ३ करोड ४२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
आइतबार उत्पादनमुलक बाहेक सबै परिसूचक रातामैं भएका छन । स्वावलम्बन लघुवित्त, कञ्चन डेभलपमेन्ट बैंक र छ्यान्दी हाइड्रोपावरका लगाानीकर्ताले कमाएका छन ।
वि.सं.२०७६ माघ २६ आइतवार १६:१९ मा प्रकाशित