back
NMB ad

साढे दुई अर्बको ऋणपत्र निष्काशन गर्न सिटिजन्स बैंकले पायो अनुमति

Kumari bank ad

काठमाडौं । सिटिजन्स बैंकले साढे दुई अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १०.२५ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ऋणपत्र निष्काशन गर्ने अनुमति प्रदान गरेको हो ।

बैंकले एक अर्ब रुपैयाँको ऋणपत्र सर्वसाधारणको लागि जारी गर्नेछ । बाँकी एक अर्ब ५० करोड रुपैयाँको ऋणपत्र आफैंले बिक्री गर्नेछ । ऋणपत्र निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।

उक्त ऋणपत्र निष्काशनका लागि इक्रा नेपालले गरेको क्रेडिट रेटिङअनुसार मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ’इक्राएपि एल ट्रिपल बि प्लस’ प्राप्त गरेको छ । बैंकले हाल कायम ५० करोड रुपैयाँको ऋणपत्रका लागि पनि रेटिङ गराएको छ ।

यस ऋणपत्रले पनि सोहि संकेत प्रदान गर्ने रेटिङ प्राप्त गरेको छ । गएका तीन वर्षमा बैंकको व्यवसाय १७ प्रतिशतले सुधार भएको छ । यसै अवधिमा सम्पुर्ण बैंकिङ क्षेत्रको वृद्धि २२ प्रतिशत छ। बैंकका सबैभन्दा धेरै निक्षेप जम्मा गर्ने २० जनाको हिस्सा ३९ प्रतिशत छ ।

नेपाल धितोपत्र बोर्डले निष्काशन अनुमति प्रदान गरेसँगै बैंकले केही दिनमै सार्वजनिक निष्काशन गर्नेछ। नेपाल राष्ट्र बैंकले निर्देशन गरेअनुसार बैंकले दीर्घकालीन कोष व्यवस्थापनका लागि यो ऋणपत्र निष्काशन गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सम्पुर्ण वाणिज्य बैंकहरुले चुक्ता पुँजीको २५ प्रतिशत बराबरको ऋणपत्र अनिवार्य निष्काशन गर्नुपर्ने व्यवस्था गरेको थियो ।

यो ऋणपत्रलाई बैंकहरुले कर्जाको रुपमा लगानी गर्न पाउनुका साथै पुँजीकोषमा पनि गणना गर्ने सक्नेछन् ।

वि.सं.२०७६ माघ २७ सोमवार १६:२२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...