काठमाडौं । आइतबार दोहोरो अंकले ओरालो लागेको शेयर बजार सोमबार भने सामान्य अंकले सकारात्मक रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ४ अंक बढीले सकारात्मक रहेर १३ सय २४ पुग्यो ।
कारोबार भने अघिल्लो दिन सरह जस्तै रह्यो । यस दिन बढीजसो समूह सकारात्मक रहे । जलविद्युत, जीवन बीमा, वित्त र सामुहिक लगानी कोष बाहेक अरु समूह सकारात्मक रहेका हुन् ।
निर्जीबन बीमा समूह सबैभन्दा उच्च ७२ अंकले उकालो लाग्यो । लघुवित्त, उत्पादनमूलक र होटल समूह पनि दोहोरो अंकले सुधारिए ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ७५ कम्पनीको २३ लाख ६० हजार कित्ता शेयर ९३ करोड २० लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
सोमबार शिवम सिमेन्ट्सको सबैभन्दा धेरै शेयर कारोबार भएको छ। यस दिन शिवमको मात्रै १३ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
यस्तै नागरिक लगानी कोषको ४ करोड २७ लाख, एनआइसी एशियाको ३ करोड ५५ लाख, नेको इन्स्योरेन्सको २ करोड ७१ लाख, नेपाल इन्स्योरेन्सको २ करोड २९ लाख र सुर्या लाइफ इन्स्योरेन्सको २ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
वि.सं.२०७६ माघ २७ सोमवार १५:३९ मा प्रकाशित