back
NMB ad

पूर्वसचिव पत्नीको हत्या : कामदारको क्षणिक आवेगको परिणाम, अनुसन्धानबाट खुल्यो यस्तो रहस्य !

Kumari bank ad

काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको हत्या उनकै घरका कामदारको क्षणिक आवेशबाट भएको खुलेको छ ।

सानेपास्थित आफ्नै घरमा काम गर्ने दाङका विजय चौधरीले प्लास्टिकको पिर्काले हानेर मुनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाटै खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीले हत्यालाई चौधरीको क्षणिक आवेशको परिणामका रूपमा विश्लेषण गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार हालसम्मको अनुसन्धानबाट हत्यामा तेस्रो व्यक्तिको संलग्नता देखिएको छैन ।  महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी श्यामलाल ज्ञवालीले हालसम्मको अनुसन्धान र प्राप्त प्रमाणका आधारमा तेस्रो व्यक्तिको संलग्नता पुष्टि हुने आधार नभेटिएको बताए । ‘चौधरीले नै हत्या गरेर आफूले समेत आत्महत्या गरेको देखिएको छ, घटना भएको समयमा तेस्रो व्यक्तिको उपस्थिति रहेको अवस्था देखिँदैन,’ प्रवक्ता ज्ञवालीले भने ।

प्रहरीले घटनाको भरपर्दो प्रमाणका रूपमा कार्कीको घरमा राखिएको सीसीटीभी फुटेजलाई आधार मानेर विभिन्न कोणबाट अनुसन्धान भइरहेको जनाएको छ । सीसीटीभी फुटेजमा कामदार चौधरीले आत्महत्या गरेको भनिएको स्थान कैद नभए पनि अन्य कुनै व्यक्तिको उपस्थिति नरहेको अनुसन्धानले देखाएको छ ।

कार्कीलाई सोमबार बिहान निवासभित्र चोटपटक लागेको र रक्ताम्मे अवस्थामा फेला पारिएको थियो । पूर्वसचिव कार्की बाहिर गएको र घरमा कोही नभएको अवस्थामा हत्या भएको थियो ।

वि.सं.२०७६ माघ २९ बुधवार १०:१३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...