back
NMB ad

नेपाल टेलिकमले जलविद्युत र सेयर बजारमा लगानी गर्ने, यस्तो छ तयारी

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमले आफुसंग भएको पुँजी जलविद्युत र सेयर बजारमा लगानी गर्ने भएको छ ।

टेलिकमको हालै सम्पन्न वार्षिक साधारणसभाले मौज्दात रहेको रकम बैंक तथा वित्तीय कम्पनी, धितोपत्र वा अन्य कम्पनीको सेयर तथा ऋण पुँजी, विद्युत, ऊर्जा तथा प्रसारणलाइन निर्माण र पुर्वाधार साझेदारीका लागि सेवामुलक कम्पनीमा लगानी गर्ने विशेष प्रस्तावलाई पारित गरेको छ ।

सभाले प्रस्ताव पारित गरेपछि टेलिकमले नागरिक स्टक डिलर कम्पनी लिमिटेडमा ४५ करोड रुपैयाँ लगानीको निर्णय समेत गरेको छ । नेपाल टेलिकमसंग चुक्तापुँजी र सञ्चित कोषमा गरी ९१ अर्ब ९१ करोड रुपैयाँ लगानीयोग्य पुँजी छ । चुक्तापुँजी १५ अर्ब र सञ्चित कोषमा ७६ अर्ब ९१ करोड रुपैयाँ छ ।

टेलिकमले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा सेयर लगानी गरेको छ । तामाकोसीमा टेलिकमले ६ प्रतिशत सेयर लगानी गरेको छ ।

लगानीको दायरा बढाउन कम्पनीको प्रवन्धपत्रको दफा ४ को बुँदा नम्बर ५ को २१ लाई परिवर्तन गरेको टेलिकमले जनाएको छ र लागि विशेष प्रस्ताव लैजान लागेको हो । टेलिकमले विटिएस टावरलगायत अन्य टेलिकम पूर्वाधार साझेदारी गर्नका लागि स्थापना हुने कम्पनीमा सेयर लगानी गर्ने छ ।

वि.सं.२०७६ फागुन १ बिहीवार ०९:३२ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...