back
NMB ad

समयमै योजना सम्पन्न गर्न मन्त्री अर्यालको निर्देशन

Kumari bank ad

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले योजना माग गर्ने तर रकम खर्चै नहुने कुरा दुखद रहेको बताउनुभएको छ ।

स्याङ्जा जिल्लाको विकास सम्बन्धमा स्याङ्जामा छलफल गर्दै मन्त्री अर्यालले सडकको विषय अझ गम्भिर रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आयोजना गरेको विकास सम्बन्धि छलफल कार्यक्रममा बोल्दै उहाँले समयमै योजना सम्पन्न गर्ने सन्दर्भमा कर्मचारीले मात्र रकम खर्च गरेनन् भन्दा पनि जनप्रतिनिधिहरुले कति सहजिकरण गर्ने भन्ने कुा पनि महत्वपुर्ण हुने बताउनुभयो ।

’के गर्दा काममा गति दिन सकिन्छ ध्यान दिउँ । योजना नपरेको होइन काम नभएको हो’, मन्त्री अर्यालले भन्नुभयो, ’अहिलेसम्मका ठेकेदारी प्रकृयामा नै समस्या छ । क्षमता नै नभएकोले एक भन्दा बढी योजना होल्ड गरेर किन राख्ने ? सोचनीय विषय हो कि होइन ?’

छिरलिएको योजनाले समृद्धि आउन नसक्ने भन्दै मन्त्री अर्यालले अलिकति बल गर्दाखेरि सम्पन्न गर्न सकिने योजनाको पहिचान गरेर सम्पन्न गर्ने दिशामा जान आग्रह गर्नुभयो ।

काम गर्नका निम्ति तत्परता देखाएमा बजेटको कुनै समस्या नहुने मन्त्री अर्यालको भनाई थियो । उहाँले भन्नुभयो’, ’काम गर्ने तत्परता देखाउनुस पैसाको व्यवस्था म गर्छु । स्याङ्जाको विकास गर्ने हो भने प्राथमिकताका आधारमा राजनीतिक सहमति गरेर जाउ ।’

एक वर्ष्भित्रमा सम्झौता कार्यान्वयन नगरेमा सिधै सम्झौता खारेज गर्नेगरी खरिद ऐन संशोधन भएको भन्दै उहाँले योजना लिएर सम्पर्क्बिहिन ठेकेदारको समस्या समाधान हुने बताउनुभयो ।

अब विकास निर्माणको कार्यान्वयमा देखिएको उदासिनता त्यागेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । ’कार्यान्वयनमा देखिएको उदाशिनता पहिलो नम्बरमा तोडौँ । विकासमा, समृद्धिमा एकता आजको आवश्यकता हो ।

साना साना कुरामा खेलोफड्को गरेर हामी झन पछि पर्दै गएका छौ’, मन्त्री अर्यालले भन्नुभयो, ’अब हामी साना कुरामा भुल्ने होइन । हामी कसरी आफ्नो जिल्ला बनाउने भन्ने कुरामा विकासमा समन्वय गरेर जाने वातावरण बनाउँ ।’ आफ्नो जिल्ला बनाउने अभियानमा एकजुट भएर लाग्न उहाँले आग्रह गर्नुभयो ।

यस आर्थिक वर्षको बाँकी महिनामा कति काम सम्पन्न गर्न सकिन्छ त्यसमा केन्द्रित भएर जान समेत आग्रह गर्दै मन्त्री अर्यालले प्राथमिकता पहिचान गरेर अलि बढी बजेट त्यहा हालेर जान सुझाउनुभयो ।

परिवर्तनको अनुभूति गराउने हात कर्मचारीहरुको हातमा भएको भन्दै उहाँले कर्मचारीको जिम्मेवारी निर्वाह गर्दै मेरो पालामा नयाँ के काम गर्ने भन्ने योजना बनाएर अगाडी बढ्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

वि.सं.२०७६ फागुन २ शुक्रवार ११:२७ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...