back
NMB ad

हिमालयन बैंकका सीईओ राणाको छैन सञ्चय कोष सुविधा ! कति बुझे तलब भत्ता ?

Kumari bank ad

काठमाडौं । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले तलब सहित विभिन्न सेवा सुविधा बापत गत आर्थिक वर्षमा कुल १ करोड ६९ लाख ११ हजार १०० रुपैयाँ बुझेका छन् ।

राणा सीईओले तलब, भत्ता र टेलिफोन लगायतका शिर्षकमा उक्त रकम बुझेका हुन ।  बैंकका हालै सम्पन्न २७औँ वार्षिक साधारणसभामा प्रस्तुत गरिएको वार्षिक प्रतिवेदनमा यसबारे उल्लेख गरिएको छ ।

उनले एक वर्षमा तलब बापत ८२ लाख ८ हजार रकम बुझेका छन । यस्तै भत्ता तर्फ ७३ लाख ९२ हजार, टेलिफोन बापत ४ लाख १८ हजार ३९५ रकम बुझेका छन ।

यसैगरि विविध शिर्षकमा ८ लाख ९२ हजार ७०५ रुपैया लिएको प्रतिवेदनमा उल्लेख छ । यसका अलावा उनलाई गाडी र बिमा सुविधा पनि प्रदना गरिँदै आएको छ । प्रतिवेदन अनुसार उनले सञ्चयकोषको सुविधा भने उपयोग नगरेको देखिन्छ ।

यस अवधिमा संचालकहरुले बैठक भत्ता, टेलिफोन सुविधा लगायतका शिर्षकमा ४० लाख ३८ हजार २८५ रुपैयाँ बुझेका छन । यस्तै व्यवस्थापकहरुले विविध शिर्षकमा २८ करोड १२ लाख ६२ हजार ८०९ रुपैँया बराबरको सेवा सुविधा लिएका छन ।

वि.सं.२०७६ फागुन २ शुक्रवार १५:११ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...