back
NMB ad

रहस्यकै गर्भमा पूर्वसचिव पत्नी मुनाको हत्या र कामदार विजयको मृत्यु !

Kumari bank ad

काठमाडौं । सोमबार, बिहान १० बजेर ८ मिनेट, सानेपास्थित घरमा कसैले पछाडिबाट मुना कार्कीको घाँटी बेर्छ । घाँटी कस्सिन्छ । उनलाई लडाइन्छ, अनि घाँटी थिचिन्छ । लगत्तै टाउकामा प्लास्टिकको पिर्काले प्रहार हुन्छ ।

पूर्वसचिव अर्जुन कार्कीले ललितपुर महानगरपालिका २ सानेपास्थित घरको सीसी क्यामेरामा यस्तै दृश्य कैद भएको भिडियो प्राप्त भएको प्रहरीको दाबी छ। ७र८ महिनाअघि घरमा चोरी भएपछि कार्कीले चारवटा सीसी क्यामेरा इन्स्टल गरेका थिए ।

त्यसैमध्ये एउटा खुला झ्यालबाट कैद भएको फुटेजमा कार्कीकी पत्नी मुनाको हत्या भएको देखिएको छ । दृश्य हेर्दा मुनालाई आक्रमण गर्ने व्यक्ति घरमा काम गर्ने विजय चौधरी देखिएको प्रहरीले जनाएको छ ।

कार्की ५ कक्षामा पढ्ने १२ वर्षीय छोरालाई सोमबार बिहानै ड्राइभरले स्कुल छाडेर आएपछि आफैं गाडी हाँकेर रुद्री पूजाका लागि पुशपति पुगेका थिए। उनकी ४९ वर्षीया श्रीमती मुना र कामदार विजय चौधरी भने घरमै थिए ।

पूजा सकेर घर फर्की गेट खोल्न आग्रह गर्दा कसैले नखोलेपछि आफैं भित्र पसेका थिए।भित्र पस्नेबित्तिकै श्रीमती किचनमा रक्ताम्य भएर ढलिरहेको अवस्थामा अचेत थिइन । दाङ देउखुरीका २२ वर्षीय विजय लिभिङ रुममा हरियो नाइलनको डोरीमा कस्सिएर मृत अवस्थामा थिए ।

प्रहरीका अनुसार त्यसपछि छिमेकीमध्ये कसैले प्रहरी वृत्त सानेपामा फोन गरेर घटनाबारे जानकारी गराएका थिए। प्रहरीले तत्काल त्यहाँ पुगेर अचेत मुनालाई एम्बुलेन्स बोलाएर स्टार हस्पिटल पठाएको थियो ।

‘हामीले एम्बुलेन्स पठायौं। तत्काल बिरामीलाई गर्नुपर्ने सबै क्लिनिकल प्रक्रिया सुरु गर्यौं,’ स्टार हस्पिटलका सीईओ डा. सन्देश जीसी भन्छन, ‘तर उहाँलाई यहाँ ल्याइर्पुयाउँदा नै मृत्यु भइसकेको थियो।’

अहिलेसम्मको अनुसन्धानबाट घरमै कुनै विषयमा वादविवाद भएपछि विजयले नै मुनालाई आक्रमण गरेको हुन सक्ने प्रहरीले बताएको छ ।

‘विजयले नै मारेको देखिन्छ,’ ललितपुर प्रहरीका प्रवक्ता सन्तोष तामाङले बुधबार बिहान भने, ‘पहिले डोरीले पछाडिबाट घाँटी कसेको र पछि प्लास्टिकको पिर्काले प्रहार गरेको भिडियो फुटेजमा देखिन्छ।’

उनका अनुसार मुनाको मृत्यु ट्रिबुलेसन (निस्सासिएरण्) भएको देखिएको छ । ‘विजयले हत्यापछि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

‘मर्डर )(हत्या) पछि आफैं झुन्डेर मरेकामा पनि विवाद छैन तर मार्ने र मर्ने दुवै नभएकाले भित्री कारण पत्ता लगाउने प्रयास हामीले गरिरहको छौं,’ तामाङले थपे, ‘तर भिडयो हेर्दा रिस नै थियो भन्ने देखिन्छ।’ विजयको मृत्युको कारण पनि ‘ह्यागिङ’ नै देखिएको उनले बताए, आजको साप्ताहिकले खबर छापेको छ ।

‘मर्ने र मार्ने’ दुवै नरहेका कारण घटनाको आन्तरिक ‘मोटिभ’बारे प्रहरीले अझै अनुसन्धान जारी राखेको छ । घटनाको कारण अहिलेसम्म रहस्यकै गर्भमा छ ।

वि.सं.२०७६ फागुन २ शुक्रवार ०९:२४ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...