back
NMB ad

ब्याजदर कटौतीको आशमा बढ्यो सुनको भाउ

Kumari bank ad

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ बढेको छ । तीव्र दरमा फैलिरहेको कोरोना भाइरसको महामारीबाट विश्व अर्थतन्त्रमा पर्न सक्ने प्रभाव सीमित बनाउन प्रमुख केन्द्रीय बैंकहरुले ब्याजदर घटाउने अपेक्षा बढेसँगै मंगलबार सुनको भाउले टेवा पाएको हो।

न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा उक्त दिन सुनको भाउ प्रतिऔंस १ हजार ६ सय डलरसम्मको उच्च बिन्दुमा पुगेको आजको आर्थिक अभियानले एजेन्सीको सहयोगमा लेखेका छ ।

यो समाचार तयार पार्दाखेरि नेपाली समय अनुसार ५ बजे स्पट गोल्डको भाउ प्रतिऔंस शून्य दशमलव ४७ प्रतिशत बढी १ हजार ५९९ डलर ७३ सेन्टमा पुगेको थियो ।

सोही अवधिमा यूएस गोल्ड फ्यूचर्स पनि प्रतिऔंस १ हजार ५९४ डलर ८० सेन्टमा किनबेच भइरहेको थियो । प्राविधिक रुपमा स्पट गोल्डले प्रतिऔंस १ हजार ६३१ डलर सम्म जान सक्ने र यसले १ हजार ५८४ मा टेवा पाउने रोयटर्सका प्रविधि विश्लेषक वाङ ताओले बताएका छन् ।

भाइरसको प्रभावबाट अर्थतन्त्रलाई राहत दिन ब्याजदर कटौती गरिने हालैका दिनमा अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ का अध्यक्ष जेरोम पावेल र युरोपेली केन्द्रीय बैंक (इसीबी) अध्यक्ष क्रिस्टियन लागार्दले संकेत दिएका थिए ।

कोरोना भाइरसका कारण केन्द्रीय बैंकहरु ब्याजदर कटौतीको हतारमा रहेको र यसले सुनको भाउलाई टेवा दिइरहेको एसएमसी कोमट्रेडमा कमोडिटी रिसर्चका सहायक उपाध्यक्ष बन्दना भारतीले बताइन् ।

वि.सं.२०७६ फागुन २१ बुधवार ०६:२४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...