back
NMB ad

एनआईसी एशिया क्यापिटल चौथो वर्षमा प्रवेश : सेवामा विशेष छुट योजना

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड स्थापनाको चौथो वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा कम्पनीले आफ्ना सेवामा छुट दिने घोषणा समेत गरेको छ ।

कम्पनीले यही फागुन २२ गते सञ्चालनको तीन वर्ष पार गरी चौथो वर्ष प्रवेश गरेको हो। सञ्चालनमा आएको छोटो समयमा नै मर्चेण्ट बैंकिङ्ग क्षेत्रमा सफल मर्चेट बैंकरको रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएको उसले दाबी गरेको छ ।

कम्पनीले तीन वर्षमा मर्चेण्ट बैंकरहरुमध्ये पहिलो आईएसओ ९००१ः२०१५ प्रमाणित क्यापिटल हुन सफल रहेको, निक्षेप सदस्यतर्फ १ लाख ८३ हजारभन्दा बढी हितग्राही खाता भएको, लगानी व्यवस्थापन सेवातर्फ ३०० ग्राहकहरुलाई उत्कृष्ट लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको, नेपालमै पहिलो पटक आईपीओ ३७ घण्टामा बाँडफाँट गर्न सफल भएको लगायतका उपलब्धि हात पारेको छ ।

त्यस्तै सेवाग्राहीहरुलाई उत्कृष्ट सेवा दिने उद्देश्यका साथ संध्याकालीन काउण्टर सञ्चालन गरिरहेको, सेयर रजिष्ट्रार सेवातर्फ ८ वटा कम्पनीका २ लाख ५० हजारभन्दा बढी सेयरधनीहरुलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको, म्युचुअल फण्ड सेवा अन्तर्गत २ वटा बन्दमुखी योजनामार्फत ३५ हजारभन्दा बढी इकाइधनीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको समेत जनाएको छ ।

कम्पनीले नेपालमै पहिलो पटक ऋणपत्रमा लगानी गर्ने प्रमुख उद्देश्यका साथ खुलमुखी सामूहिक लगानी कोष योजना सञ्चालन गर्न स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गरेको पनि जनाएको छ ।

छुट योजना घोषणा :

यसैबीच, क्यापिटलले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा नयाँ ग्राहकहरुलाई सेवा शुल्कमा विशेष छुट योजना ल्याएको छ ।यसअन्तर्गत फागुन २२ गतेदेखि मिति २०७७ असार मसान्तसम्म निःशुल्क रुपमा हितग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता सञ्चालन शुल्कमा छुटको व्यवस्था गरेको छ ।

साथै यही फागुन २२ गतेदेखि चैत मसान्तसम्म लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ ।

वि.सं.२०७६ फागुन २२ बिहीवार १७:१० मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...