काठमाडौं । आज सार्वजनिक बिदा दिएको छ । आज फागुन २८ गते अर्थात बुधवार पनि प्रदेश नम्बर २ सरकारले सार्वजनिक बिदा दिएको हो ।
फागुपूर्णिमा (होली पर्व) को अवसरमा प्रदेश नम्बर २ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले फागुन २७ गते २८ गते सार्वजनिक बिदा निर्णय गरेको थियो । सोही अनुसार भोलि पनि बिदा परेको छ ।
यस अघि नै मुख्यमन्त्री लालबाबु राउतले विज्ञप्ति निकालेर होली पर्वमा दुई दिन सार्वजनिक बिदा दिएको उल्लेख गर्नुभएको थियो ।
वि.सं.२०७६ फागुन २८ बुधवार ०६:०८ मा प्रकाशित