back
NMB ad

सेन्चुरी कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Kumari bank ad

काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले बुक क्लोज गर्ने बताएसँगै बैंकको ६.७५% लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज अर्थात् फागुन २९ गते बिहीबार मात्र रहेको छ । चैत १४ गते हुने साधारण सभाका लागि बैंकले शुक्रबार अर्थात् भोली फागुन ३० गते बुक क्लोज गर्न लागेको हो । आज सम्म कायम सेयरधनीले बैंकको लाभांश पाउन सक्नेछन् । साधारण सभा, आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे सुरु हुने भएको छ ।

बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट २५ बोनस र कर प्रयोजन समेत गरी ४.७५%नगद लाभांश वितरण गर्न लागेको हो । सेन्चुरीले १६ करोड ८३ लाख ९ हजार ४२३ रुपैयाँ बराबरको बोनस सेयर र ३९ करोड ९७ लाख ३४ हजार ८९९ रुपैयाँ नगद बाँड्नेछ । सभामा, बैंकले गत वर्षको नाफाबाट ६.७५%लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस गर्दैछ ।

बैंकले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा समेत राखेको छ । यस्तै, अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरु गाभ्न/गाभिन वा एक्विजिसन गर्न परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि बैंकले राखेको छ । आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा/नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ छ । बोनसपछि पुँजी ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार पुग्नेछ ।

 

वि.सं.२०७६ फागुन २९ बिहीवार १०:५३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...