काठमाडौं । आज चैत ४ गते सार्वजनिक बिदा दिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आज कैलाली र कञ्चनपुर जिल्लामा सार्वजनिक बिदा दिएको हो ।
राना थारु समुदायको महत्त्वपूर्ण पर्व खखडेहराको अवसरमा प्रदेश सरकारले विदा दिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा कैलाली र कञ्चनपुर जिल्लामा रहेका सम्पूर्ण सरकारी कार्यालय एमव् सार्वजनिक निकायहरुमा सार्वजनिक विदा दिने निर्णय गरिएको उल्लेख छ ।
हेर्नुहोस् विज्ञप्ति :
वि.सं.२०७६ चैत ४ मंगलवार ०५:४४ मा प्रकाशित