back
NMB ad

कोरोना प्रभाव : सरकारले सुपथ मूल्यका पसल खोल्ने

Kumari bank ad

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणलाई लक्षित गरी सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको छ ।

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा कोरोना भाइरस संक्रमणको जोखिमबारे मंगलबार भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दैनिक उपभोग्य वस्तु सुपथ मूल्यमा सहजरुपमा उपलब्ध गराउनपसल खोल्न लागेको जानकारी गराएका हुन् ।

’खाद्यान्नको सस्तो पसल निश्चित ठाउँहरुमा खोल्ने तयारी खाद्य संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनले गरिरहेको छ, मोबाइल पसलहरु पनि सञ्चालन गर्ने सरकारको तयारी छ’, मन्त्री भट्टले भने, ’यसले मूल्यवृद्धि र अभाव सिर्जना गर्नबाट रोक्ने छ ।’

उनले ७७ वटै जिल्लामा गृहमन्त्रालयसँग समन्वय गरेर कालोबजारी गर्नेलाई कानुन दायरामा ल्याउने काम भइरहेको पनि बताए।मन्त्री भट्टले चेतावनी दिँदै भने, ’कतै कालोबजारी र मूल्यवृद्धि गरेको भेटिए उदार र लचक हुने भन्ने छैन।’

मन्त्री भट्टले खाद्यान्न, औषधि, ग्यास, पेट्रोलको कुनै अभाव नरहेको भन्दै नेपाल आयल निगमले शनिबार दिउँसो १ बजेसम्म पेट्रोल डिपो खोल्ने जानकारी पनि दिए । उनले सरकार क्षमता, स्रोत, साधनभन्दा बढी तयारीमा रहेको दाबी गर्दै भने, ’जनताले २ बजे राति बोलाए पनि हामी उपलब्ध हुन्छौं । बिदा पनि नभनी हामी २४ सै घण्टा खटिएका छौं।’

’बुधबारदेखि बजारमा १ लाख मास्क जान्छ’

समिति बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले बुधबारदेखि बजारमा १ लाख थान मास्क जाने जानकारी दिए । त्यसअघि मन्त्री भट्टले सोमबार कब्जामा लिइएका मास्क गुणस्तरीय रहेन छ भन्ने प्रहरीले जानकारी दिएको बताएका थिए ।

वि.सं.२०७६ चैत ४ मंगलवार १७:३५ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...