back
NMB ad

भोलिदेखि लामो दूरीका सार्वजनिक यातायात बन्द, निजी सवारीलाई नरोक्ने

Kumari bank ad

काठमाडौं । सरकारले लामो दूरीमा चल्ने निजी सवारीलाई नरोक्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरेको सम्बोधनमा चैत १० गतेबाट लामो दूरीका सबै किसिमका यात्रुबहाक सवारीलाई रोक्ने घोषणा गर्नुभएको थियो ।

यसलाई स्पष्ट गर्दै प्रधानमन्त्री कार्यालयले लामो दूरीमा यात्रा गर्ने यात्रुबाहक निजी सवारीलाई नरोक्ने जनाएको छ । यसअघि यातायात व्यवस्था विभागले लामो दूरीमा कार र मोटरसाइकलमा पनि यात्रा गर्न नपाइने भनेको थियो ।

प्रधानमन्त्रीको घोषणालाई ब्याख्या गर्दै प्रधानमन्त्री कार्यालयका सचिव तथा कोरोना भाइरसको संक्रमण रोकथाम लागि बनेको उच्च स्तरीय समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले लामो दूरीका यात्रु बोक्ने सार्वजनिक सवारी मात्रै रोकिने बताउनुभयो ।

उहाँले एम्बुलेन्स सहित अत्यावश्यक सेवामा सार्वजनिक सवारी पनि चलिरहने जानकारी दिनुभयो । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने गरी सार्वजनिक सवारी रोकिन जानकारी दिनुभयो ।

उपत्यकाको नाकाहरुबाट जान र आउन नपाउने गरी सार्वजनिक यातायातका साधन बन्द हुने उहाँको भनाइ छ । विभागले अझै यसबारे स्पष्ट गरेर सूचना जारी गरेको छैन । जसले गर्दा यात्रु अलमलमा परेका छन् ।अनलाइनखबरबाट

वि.सं.२०७६ चैत ९ आइतवार १४:२४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...