back
NMB ad

अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध, कस्ता एयरलाइन्स नेपाल आउन पाउँछन् ? 

Kumari bank ad

काठमाडौं । नेपाली हवाई उड्डयनको ६१ वर्षे इतिहासमा पहिलोपटक सोमबारदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले आइतबार राति १२ बजेदेखि १८ चैतसम्म अन्तर्राष्ट्रिय उडान–अवतरणमा रोक लगाएको हो ।

नेपालले ०१५ सालदेखि अन्तर्राष्ट्रिय उडान थालेको हो । भूकम्प र ठुल्ठूला आन्दोलनका वेलासमेत अन्तर्राष्ट्रिय उडानमा रोक लागेको इतिहास छैन । सरकारको निर्णयले विभिन्न कामको सिलसिलामा नेपालमा रहेका १० हजार विदेशी नागरिक पनि स्वदेश फर्कन पाउने छैनन् । विदेशमा रहेको लाखौँ नेपाली पनि स्वदेश फर्कन पाउने छैनन् ।

सरकारको निर्देशनपछि एयरलाइन्स कम्पनीहरूले हवाई भाडाको अधिकतम मूल्य ३६ प्रतिशतसम्म घटाएका छन् । आन्तरिक उडानका तीन ठूला एयरलाइन्स कम्पनीले सबै क्षेत्रको अधिकतम भाडादर घटाएर सार्वजनिक गरेका छन् ।

कोरोना भाइरस सन्त्रासका कारण काठमाडौंबाट बाहिरिने यात्रुको संख्या ह्वात्तै बढेपछि एयलाइन्स कम्पनीहरूले सरकारले तोकेको अधिकतम भाडा लिन थालेका थिए । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार तत्कालका लागि अधिकतमको सीमा घटाएर भाडा तोक्न निर्देशन दिएका थिए । एयरलाइन्स कम्पनीहरूले आइतबार नयाँ भाडादर तोकेका हुन् ।

व्यवसायीले लिएको भाडा सरकारले नै तोकेको सीमाभित्रै रहे पनि जनतामा मार परेको गुनासो आएपछि सबै एयरलाइन्सले भाडादर घटाएको वायुसेवा सञ्चालक संघ (आयोन)का प्रवक्ता योगराज कँडेलले बताए । घटाइएको भाडादर सोमबारदेखि नै कार्यान्वयनमा जाने एयरलाइन्स कम्पनीहरूले जनाएका छन् ।

वायुसेवा सञ्चालक संघले आइतबार विज्ञप्ति जारी गर्दै विराटनगरको अधिकतम भाडा पाँच हजार पाँच सय कायम गरिएको जनाएको छ । अहिले विमान कम्पनीले सात हजार नौ सयसम्म लिँदै आएका थिए । त्यस्तै, ६ हजार पाँच सय ४० अधिकतम भाडा रहेको राजविराजका लागि चार हजार दुई सय र नौ हजार आठ सय भाडादर रहेको भद्रपुरका लागि ६ हजार दुई सय नयाँ भाडा तोकिएको छ ।

त्यस्तै, १० हजार ६ सय भाडा रहेको नेपालगन्जका लागि ६ हजार तीन सय र धनगढीका लागि सात हजार नौ सय तोकेको छ । यसअघि धनगढीका लागि एयरलाइन्स कम्पनीहरूले १४ हजारसम्म भाडा लिने गरेका थिए । पाँच हजार तीन सय अधिकतम भाडा रहेको पोखराको अब तीन हजार सात सय नयाँ भाडा तोकिएको छ । ‘यो भाडादर चैत २१ गतेसम्म लागू हुनेछ,’ संघको विज्ञप्तिमा भनिएको छ ।

तारे होटेलका कर्मचारीलाई एक महिना तलबी बिदा 

तारे तथा ठूला होटेलले कर्मचारीलाई एक महिना बिदा दिने निर्णय गरेका छन् । होटेल संघ नेपाल (हान)ले अत्यावश्यक सेवामा कार्यरत कर्मचारी तथा श्रमिकबाहेक अन्य कर्मचारी र श्रमिकलाई एक महिना बिदामा पठाउने निर्णय गरेको छ । तर, परिस्थितिको समीक्षा गरी यो समय भने हेरफेर हुने संघका प्रथम उपाध्यक्ष विनायक शाहले बताए ।

कस्ता एयरलाइन्स नेपाल आउन पाउँछन् ? 

अन्तर्राष्ट्रिय उडानमा रोक लगाइए पनि आकस्मिक सेवासहितका एयरलाइन्सले भने नेपाल आउन पाउने छन् । त्यस्तै, विदेशमा रहेका नेपालीको पनि उद्धार गर्न सकिने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । उनका अनुसार नेपालमा अझै १० हजार विदेशी नागरिक रहेको अनुमान छ । सरकारले गत सातादेखि पर्यटक भिसामा आउन ५५ देशलाई रोक लगाएको छ ।

‘विदेशीलाई कुनै देशले खाली जहाज ल्याएर उद्धार गर्न पाउनेछन्,’ क्षेत्रीले भने, ‘त्यस्तो उडान रोकिनेछैन ।’ एयरएम्बुलेन्स, कार्गो उडानमा पनि रोक नलाग्ने उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकीय सिजनमा दैनिक एक सय २० उडान–अवतरण हुने गरेको थियो । दैनिक १४ हजार हवाई यात्रुले सेवा लिने गरेका थिए । (नयाँ पत्रिकाबाट साभार)

वि.सं.२०७६ चैत १० सोमवार ०७:२५ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...