back
NMB ad

बैंकका एटीएम खुलै, सकभर विद्युतीय कारोबार गर्न बैंकर्स सङ्घको अनुरोध

Kumari bank ad

काठमाडौं । ’लकडाउन’ को समयमा पनि बैंकका एटीएम नियमित खुलिरहेका छन् । नेपाल बैंकर्स सङ्घले सबै बैंकका एटीएम चलेको र नियमित रुपमा पैसा राख्ने काम भइरहेको जनाएको छ ।

अहिले बैंक तथा वित्तीय संस्थामा तीन हजार ६ सय ६२ वटा एटीएम सञ्चालनमा छन् । तर एटीएम बुथ नभएका बैंकका शाखाहरु सीमित समयको लागि मात्रै खुल्ने भएका छन । यसको लागि पनि सम्बन्धित ठाउँको प्रशासनसँग अनुमति लिनुपर्नेछ ।

बैंकर्स सङ्घले आफ्ना सदस्य बैंकहरुलाई एटीएम नभएका शाखा हरेक दिन ११ बजेदेखि १ बजेसम्म खोल्न निर्देशन दिएको छ । तर लकडाउनको बेला बाहिर निस्कन नपाइने भएकाले सकभर डिजिटल बैंकिङको प्रयोग बढाउन पनि सङ्घले आग्रह गरेको छ ।

बैंकमा जाँदा कोरोनाका जोखिम हुने भएकाले राष्ट्र्र बैंकले विद्युतीय कारोबार र मोबाइल बैंकिङको कारोबार सीमा बढाएको छ । नोटमार्फत कारोबार गर्दा सङ्क्रमणको जोखिम बढेपछि नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढाएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार मोबाइल बैंकिङ वा कोडमार्फत भुक्तानी गर्दा एक दिनको सीमा एक लाख र महिनाको सीमा १० लाख रुपैयाँ पुर्याइएको छ ।

यस्तै इन्टरनेट बैंकिङमार्फत अकाउन्टमा पैसा ट्रान्सफर गर्दा एक दिनमा १० लाख र एक महिनामा ५० लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइने भएको छ ।

एउटा वालेटबाट अर्को वालेटमा पनि एक पटकमा २५ हजार, एक दिनमा एक लाख र एक महिनामा पाँच लाख रुपैयाँ पठाउन सकिनेछ । यस्तै बैंक खाताबाट वालेटमा पैसा पठाउँदा एक पटकमा २५ हजार, एक दिनमा एक लाख र एक महिनामा पाँच लाख रुपैयाँसम्म पठाउन सकिनेछ ।

वि.सं.२०७६ चैत १२ बुधवार १२:५० मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...