back
NMB ad

कोरोना भाइरसले अर्थतन्त्रमा पर्ने प्रभावको विषयमा छलफल

Kumari bank ad

काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष र विश्व बैंक लगायत अन्य अन्तराष्ट्रिय वित्तीय संस्थाका पदाधिकारी र दक्षिण एसियाली राष्ट्रहरूका अर्थमन्त्री तथा अन्य उच्च अधिकारी बीच कोरोना भाइरसले अर्थतन्त्रमा पर्ने प्रभावको विषयमा छलफल भएको छ ।

बुधबार कोरोना भाइसरले अर्थतन्त्रमा परेको र पर्न सक्ने प्रभाव र यसलाई कसरी सम्बोधन गर्ने सकिन्छ भन्ने विषमा भिडियो कन्फरेन्समार्फत् छलफल भएको हो । उक्त छलफलमा नेपालको प्रतिनिधित्व अर्थमन्त्री युवराज खतिवडाले गरेका थिए ।

छलफलमा अर्थमन्त्री खतिवडाले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले नेपालमा परेको असर र नेपाल सरकारले त्यसको रोकथाम र नियन्त्रणका लागि हालसम्म गरेको प्रयास बारेमा जानकारी गराएका थिए ।

उनले पर्यटन, निर्माण र रोजगारीको क्षेत्रमा यसले तत्काल असर पारेको तथा अर्थतन्त्रमा दीर्घकालमा नकारात्मक असर पार्न सक्ने भन्दै महामारीका रूपमा फैलिएको यस रोगले सबै वर्ग र तप्कालाई कुनै न कुनै रूपमा प्रभाव पारेको यथार्थसँगै स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र अर्थतन्त्रलाई टेवा पुग्ने गरी सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताए ।

उनले राज्यको क्षमता सीमित हुँदा क्षति पुगेका वास्तविक वर्ग र क्षेत्रलाई तत्काल र ठूलो सहयोग उपलब्ध गराउने विषय चुनौतीपूर्ण रहेको बताए । कोरोना प्रभावबाट भएको क्षति परिपूरण गर्न नेपाल जस्ता कम क्षमता र स्रोत भएका मुलुकहरूका लागि अन्तर्रा्ष्ट्रिय वित्तीय संस्थाहरूले विशेष सहयोग गर्नुपर्ने तथा क्षेत्रीय सहयोगका सम्भावित सबै संयन्त्र उपयोग गर्नुपर्ने उनले बताए ।

उनले भने, “दक्षिण एसियाली मुलुकहरूको साझा संगठन सार्कलाई पुनर्जीवन दिँदै विद्यमान संस्थागत संरचनाको पूर्ण उपयोग गर्ने, एकआपसका व्यापार आपूर्ति प्रणालीलाई निरन्तरता दिने र आवश्यक परे स्वास्थ्य सेवामा थप सहकार्य गर्न सबै राष्ट्रले एक अर्कालाई सहयोग, साथ र आड भरोसा दिनुपर्छ ।”

भिडियो कन्फरेन्समा सहभागी अन्य मुलुकका प्रतिनिधिले कोरोना भाइसको रोकथामका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक उपकरण तथा सुरक्षाका सामग्रीको व्यवस्था, स्वास्थ्य सेवा प्रणालीको विकास, साना तथा मझौला उद्यम र रोजगारीमा परेको प्रभाव, मौद्रिक तथा वित्त नीतिबीच गर्न सकिने समन्वयन र तथा अन्तर्रा्ष्ट्रिय वित्तीय संस्थाले गर्नसक्ने सहयोग बारे आ–आफ्नो धारणा राखेका थिए ।

छलफलमा अन्तराष्ट्रिय मुद्रा कोषका डाइरेक्टर च्याञ्योङ्ग रि, विश्व बैंकका भ्वाइस प्रेसिडेन्ट हाट्विग सेफर, अन्तराष्ट्रिय वित्त निगमका भ्वाइस प्रेसिडेन्ट नेना स्टोजोभिक, बहुपक्षीय लगानी प्रत्याभूत संस्थाका भ्वाइस प्रेसिडेन्ट तथा चिफ अपरेटिङ्ग अफिसर एस. विजय आइयरको सहभागिता रहेको थियो ।

त्यस्तै दक्षिण एसियाली राष्ट्रका एक्जुकेटिभ डाइरेक्टरहरू तथा एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक जस्ता अन्तर्रा्ष्ट्रिय वित्तीय संस्थाका पदाधिकारीको समेत सहभागिता थियो ।

नेपालबाट अर्थ सचिव, राजस्व सचिव, नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर, अन्तर्रा्ष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह सचिव तथा नेपालस्थित विश्व बैंकका कन्ट्री म्यानेजरको समेत उपस्थिति थियो ।

वि.सं.२०७६ चैत १२ बुधवार १६:१७ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...