back
NMB ad

बैंक तथा वित्तीय संस्थाहरू ११ बजेबाट १ बजेसम्‍म खुल्‍ने

Kumari bank ad

काठमाडौं । अति आवश्यक बैंकिङ तथा वित्तीय संस्थाहरु आजदेखि आंशिक रुपमा खुल्ने भएका छन् । कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको निर्देशनपछि आज बैंकहरु नगद कारोबारका लागि आंशिक रुपमा खुल्न लागेका हुन् ।

नेपाल बैंकर एशोसियसनका अनुसार बैंकका सिमित शाखाहरुमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्रै कारोबार हुनेछ ।  उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिले हिजो अति आवश्यक बैंकिङ सेवा गृह मन्त्रालय र अर्थ मन्त्रालयको समन्वयमा सूचारु गर्न निर्देशन दिएको थियो ।

बैंकहरु बन्द हुँदा नागरिकहरुलाई नगदको समस्या पर्न थालेपछि नेपाल राष्ट्र बैंकलेसमेत बैंकहरुलाई नगद अभाव हुन नदिने प्रबन्ध मिलाउन निर्देशन दिएको थियो ।

राष्ट्र बैंकले सकेसम्म विद्युतीय माध्यमबाट हुने कारोबारलाई बढी प्राथमिकतामा राख्न निर्देशन दिएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुद्वारा सञ्चालित एटिएम मेसिनहरुमा पर्याप्त नगद राख्न र त्यसको निगरानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकले प्रदेश तथा स्थानीय तहहरुमा स्थानीय प्रशासनसँगको समन्वयमा बैंकको अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । बैंकहरुले उच्चस्तरीय समिति र राष्ट्र बैंकको निर्देशन अनुसार आजदेखि आंशिक रुपमा सञ्चालन गर्न लागेका हुन् ।

वि.सं.२०७६ चैत १३ बिहीवार १०:१४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...